बबई गाउँपालिकाद्वारा कानून संग्रह प्रकाशन
सारांश
- दाङ, १४ जेठ ।
- बबई गाउँपालिकाले पहिलोपटक कानून संग्रह प्रकाशन गरेको छ ।
- गाउँपालिकाले बिभिन्न १७ वटा बिधेयकको कानून संग्रह प्रकाशन गरेको हो ।
दाङ, १४ जेठ । बबई गाउँपालिकाले पहिलोपटक कानून संग्रह प्रकाशन गरेको छ । गाउँपालिकाले बिभिन्न १७ वटा बिधेयकको कानून संग्रह प्रकाशन गरेको हो ।
राजपत्रमा कानून प्रकाशन गरेपछि गाउँपालिकाले कानूनको संग्रह प्रकाशन गरेको हो । कानून संग्रहको प्रदेश सांसद उत्तरकुमार वलीले बिमोचन गरेका थिए । प्रदेश र स्थानीय सरकारले काम गर्नका लागि कानून निर्माण गर्ने अधिकार प्राप्त गरेका छन् ।
गाउँपालिकाको गाउँसभा तथा कार्यपालिकाबाट बिधेयक अनुमोदित गरेर राजपत्रमा सूचना प्रकाशनपश्चात कानून संग्रह प्रकाशन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्सलकुमार वलीले जानकारी दिए । कानून निर्माण गरेपछि गाउँपालिकाले काम गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कानून संग्रहको बिमोचन गर्दै प्रदेशसभा सदस्य उत्तरकुमार वलीले जनप्रतिनिधिले जनताको चाहनाअनुसार कानून निर्माण गरेर दैनिक सेवा प्रदान गर्नुपर्ने बताए । त्यस अबसरमा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले सबैको राय÷सल्लाह सुझाबमा कानून निर्माण गरिएको जानकारी दिए ।
पहिलोपटक बबई गाउँपालिकाले कानून संग्रह प्रकाशन गरेको हो । गाउँपालिकाले आचारसंहिता, शिक्षा, सहकारी, ब्यबसाय, शिक्षा नियमावली, कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली, निर्णय प्रमाणीकरण नियमावली, सभा सञ्चालन कार्यविधि, बैठक सञ्चालन कायविधि रहेका छन् ।
यस्तै बजार अनुगमन निर्देशिका, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, गाउँपालिकाको राजपत्र, एफएम रेडियो ब्यबस्थापन तथा सञ्चालन कार्यविधि, आर्थिक कार्यविधि, उपभोक्ता समिति गठन, ब्यस्थापन र सञ्चालन कार्यविधिको कानून संग्रह प्रकाशन गरिएको हो ।
प्रतिक्रिया