ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
सारांश
- काठमाडौं।
- ट्याक्सी सेवा प्रदायक कम्पनी ट्याक्सीमाण्डूले निशुल्क शौचालय सुरु गरेको छ।
- काठमाडौं महानगरपालिकाले गरेको घोषणालाई सहयोग पुर्याउने हेतूले ट्याक्सीमाण्डूले निशुल्क शौचालय सुरु गरेको हो।
काठमाडौं। ट्याक्सी सेवा प्रदायक कम्पनी ट्याक्सीमाण्डूले निशुल्क शौचालय सुरु गरेको छ। काठमाडौं महानगरपालिकाले गरेको घोषणालाई सहयोग पुर्याउने हेतूले ट्याक्सीमाण्डूले निशुल्क शौचालय सुरु गरेको हो।
चावहिलको गोपीकृष्णमा अवस्थित ट्याक्सीमाण्डूले आफ्ना दुई वटा शौचालयलाई निशुल्क बनाउने निर्णय गरेको ट्याक्सीमाण्डूका संचालक अर्जुन केसीले जानकारी दिए।
‘चावहिल एरियामा सार्वजनिक शौचालय छैनन्। यहाँ आवतजावत गर्ने यात्रुलाई समस्या पर्दा हामीले निशुल्क शौचालयको व्यवस्था गरेका हौं,’ संचालक केसीले शिखर न्युजसँग भने, ‘‘होटेल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने प्रयास गरिरहेको अवस्थामा सानो सहयोग गर्ने प्रयास गरेका हौँ।’
शौचालय यी शौचालय सरसफाइका लागि छुट्टै कर्मचारीसमेत राखिने उनले जानकारी दिए।
काठमाडौंमा सार्वजनिक शौचालय प्रयाप्त नहुँदा यात्रु समस्यामा पर्दै आएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निजी स्तरबाट संचालित रेस्टुरेण्ट तथा होटलका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन आग्रह गरेका थिए।
महानगरको आग्रहपछि केही रेस्टुरेन्टले आफ्ना शौचालयलाई निःशुल्क बनाइसकेका छन्। महानगरको अभियानलाई साथ दिँदै ट्याक्सीमाण्डूले पनि आफ्ना शौचालयलाई निःशुल्क प्रयोगमा ल्याएको हो।
प्रतिक्रिया