सुवास नेम्वाङको सपना यो वर्ष पूरा नहुने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सुवास नेम्वाङको सपना यो वर्ष पूरा नहुने !

सारांश

  • काठमाडौं, १६ जेठ ।
  •  नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले  विपक्षी दलका सांसद मिनेन्द्र रिजाललाई कोशीबाट पानी जहाज चढेर हिन्द महासागरसम्मसँगै यात्रा गर्ने प्रस्ताव याे बर्ष प्रस्ताबमा नै सिमित रहने भएकाे छ ।
  • अर्थ मन्त्रालयको रातो कितावअनुसार यो वर्ष जलमार्गको लागि १ करोड ६१ लाख बजेट छुट्याएको छ ।

काठमाडौं, १६ जेठ । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले  विपक्षी दलका सांसद मिनेन्द्र रिजाललाई कोशीबाट पानी जहाज चढेर हिन्द महासागरसम्मसँगै यात्रा गर्ने प्रस्ताव याे बर्ष प्रस्ताबमा नै सिमित रहने भएकाे छ ।

अर्थ मन्त्रालयको रातो कितावअनुसार यो वर्ष जलमार्गको लागि १ करोड ६१ लाख बजेट छुट्याएको छ । जसमा १ करोड अध्ययन तथा परामर्शमा मात्रै खर्च हुनेछ । जस्ले गर्दा नेम्वाङकाे सपना पुरा नहुने पक्का भएकाे हाे ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोशी गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा दुई देशबीच अन्तरदेशीय जलमार्ग विकासका विषयमा पनि समझदारी गरेका थिए । जलमार्ग भएर नेपाल र भारतबीच सामान ओसारपसार गर्न दुई देशका प्रधानमन्त्री सहमत भएपछि सरकारले नेपालमा जलमार्गको अध्ययन अघि बढाउन लागेको हो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bp Lohani

    दारु पिएर देखेको सपना कहाँ पूरा हुन्छ त

    Comment Author

    Naren Budha Chhetri

    ? Shikhar News ?
    ? Site :SAHIBWEB,XYZ?
    ? HAppy RAmzAn MubArik ?
    ? CrAckers B0t TeAm ?
    ? P0wered By : ShAhzAd AsghAr?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?