नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
सारांश
- बिस्नु फडेरा, काठमाडाै, १९ जेठ ।
- प्रतिनिधि सभा सांसद महेश बस्नेतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) काे सरकारले कार्यकर्ता पाल्न नजानेकाे बताएका छन ।
- शुक्रबार संघिय संसदमा बाेल्दै पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले उक्त कुरा बताएका हुन ।
बिस्नु फडेरा, काठमाडाै, १९ जेठ । प्रतिनिधि सभा सांसद महेश बस्नेतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) काे सरकारले कार्यकर्ता पाल्न नजानेकाे बताएका छन ।
शुक्रबार संघिय संसदमा बाेल्दै पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले उक्त कुरा बताएका हुन । बस्नेतले नेपाली कांग्रेसलार्इ व्याङग्य गर्दै कांग्रेससंग अाफ्ना कार्यकर्ता कसरी पाल्नु पर्छ भन्ने राम्राे ज्ञान भएकाे बताए । उनले भने ‘ नेपाली कांग्रेसले लामाे राजनीतिक अभ्यासमा कार्यकर्ता कसरी पाल्नु पर्छ उस्ले जानेकाे छ । त्यसैले कार्यकर्ता कसरी पाल्नुपर्छ कांग्रेसले अरू पार्टीलार्इ सिकाउनु पर्छ ।’
बर्तमान सरकारले भ्रष्ट, ठग र फटाहहरुलाई तह लगाउने कार्य गरेको बताउँदै काग्रेसले जस्तो नेकपाको सरकारले कार्यकर्ता पाल्ने कार्य नगर्ने समेत बस्नेतले बताए ।
बस्नेतले वृद्ध भत्ता नबढेकाे कुरा गर्ने प्रतिपक्षले वृद्धहरूकाे बिमाकाे गर्ने कुरा थाहापाउदा पाउदै बिराेध गरेकाे अाराेप लगाए ।
त्यस्तै बस्नेतले नेपाली कांगेसका सांसद प्रेम सुवाललाइ भक्तपुरका जनताले माफि नदिने बताएका छन । सुवालले भक्तपुरमा ताथली र चित्तपोलमा नयाँ अन्तराष्ट्रिय रंगशाला, नयाँ सहर निमार्ण तथा सभाहलको निमार्ण गर्ने प्रकृयाकाे बिराेध गरेकाे भन्दै बस्नेतले विकास बिराेधि अभिव्यक्ति दिएकाेले भक्तपुरका जनताले सुवाललार्इ भक्तपुरबाट आम जनताले वसाई सार्न तयार रहेको बताएका छन् ।
बस्नेतले सुवाल भक्तपुरमा भईरहेका सडक, सुरुङ मार्ग, रंगशाला, सभाहल, नयाँ सहर निमार्ण जस्ता अनेकैं विकासका विरोधी भएको बताउँदै प्रदेशको राजधानी हेटौडामा नै हुनुपर्ने बताउने सांसद सुवाललाई विकासको गतिविधि रोक्ने वा छेक्ने कुनै चेष्टा नगर्न समेत चेतावनी दिएका छन् ।
ताथली र चित्तपोलमा नयाँ अन्तराष्ट्रिय रंगशाला, नयाँ सहर निमार्ण तथा सभाहलको निमार्ण गर्ने प्रकृयामा सरकार अघि वढेको र त्यसलाई कसैले रोक्न नसक्ने बस्नेतले अाक्राेश पाेखे ।
बर्तमान सरकारले प्रस्तुत गरेको बजेट विगतमा भएका असंख्यक कमिकमजोरीको समिक्षा गर्दै बजार भाउलाई नियन्त्रण गर्ने कुरा गरेको बस्नेतकाे तर्क छ । बजेट सुल्टो दिशामा अघि वढेकोले प्रतिपक्षमा रहेका दललाई समेत खुसी हुन आग्रह गर्दै धेरै लामो अभ्यासमा पनि देशको अर्थतन्त्र सुल्टाउन नसकेको अवस्थामा वर्तमान बजेटले सुल्टाएको समेत दावी बस्नेतकाे छ ।
देशका अधिकाशं युवाहरु नेकपा समद्ध भएकाले ७ र १० लाख पाउने युवा तथा विद्यार्थी नेकपा सम्बद्ध हुने देखिएकोमा प्रतिपक्षीदलले विभिन्न प्रकारका नकरात्मक टिका टिप्पणी नर्गन समेत आग्रह गरेका छन् ।
बस्नेतले सांसद सुवालले संसदमा बोल्ने क्रममा संसदिय अभ्यासको असंसदिय शब्दावली प्रयोग गर्दै प्रधानमन्त्री तथा सभामुखलाई सांसद प्रेम सुवालले अपमान गरेको भन्दै अभिलेखवाट हटाउन आग्रह समेत आग्रह गरेका छन् ।
हेर्नुहाेस याे भिडियाे
Narbahadur Gharti
तर बिगतको अनुभबले त्यसो भन्देन मोहदय यिनै एमाले पार्टी हो जस्ले महेश बस्नेत र चरि जस्ता गुण्डाहरुको पोशन गर्दैआएको आम जनताको अगाडी ताजै अनुभब छ
पदम राज गिरि
कार्यकर्ता नपाले बाल भयन तर दुखि गरिब पाले भैगाे ।
Shyam Fayal
Nahasaune joke. Aakhir KP ko chela na parnu bhayo.