गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
४९ पटक हेरिएको
Shares
गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

सारांश

  • नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ ।
  • गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ ।

गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो ।

हराएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन । उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवै जनाको शव बरामद गरेको हो ।

शव परीक्षणका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौडामा औधोगिक ब्यापार मेला सूरू।
हेटौडामा औधोगिक ब्यापार मेला सूरू।
प्रकाश दाहालको फेसबूक अकाउन्ट स्टाटस परिवर्तन !
प्रकाश दाहालको फेसबूक अकाउन्ट स्टाटस परिवर्तन !
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा
रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा
(सिफारिस) तथा कात्तिक २६ र मंसिर ३ गते मध्यावधी निर्वाचन
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,:  प्रकाशशरण महत
कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,: प्रकाशशरण महत
यी हुन नेपालमा कमाउने, पैसा राख्ने विदेशमा ! नाम पढ्नुभो
यी हुन नेपालमा कमाउने, पैसा राख्ने विदेशमा ! नाम पढ्नुभो
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
उपचारका लागि वर्षमान पुन बैंकक प्रस्थान
उपचारका लागि वर्षमान पुन बैंकक प्रस्थान