ईदमा दुई खान सँगै

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
ईदमा दुई खान सँगै

सारांश

  • मुम्बई, २० जेठ ।
  • ईदमा खासगरी सलमान खानको फिल्म रिलीज हुने भएपनि यसपालि शाहरुख खान अभिनित चलचित्र जीरोको टिजर रिलीज हुने भएको छ ।
  • अझ रमाईलो कुरा त के भने टिजरमा सलमान पनि देखिने छन् ।

मुम्बई, २० जेठ । ईदमा खासगरी सलमान खानको फिल्म रिलीज हुने भएपनि यसपालि शाहरुख खान अभिनित चलचित्र जीरोको टिजर रिलीज हुने भएको छ । अझ रमाईलो कुरा त के भने टिजरमा सलमान पनि देखिने छन् । यानकी यो ईदमा सलमान र शाहरुख दुवै एउटै स्क्रिनमा देखिने भएका छन् ।

वर्षको सुरुमै फिल्मको टिजर रिलीज भएको थियो जसपश्चात सबै फिल्म हेर्न आतुर छन् । फिल्मको अर्को टिजर ईदमा रिलीज हुन लागेको हो । फिल्म भने यसै वर्षको डिसेम्बर २१ मा रिलीज हुँदैछ ।

अहिले फिल्मको शुटिङ अन्तिम चरणमा पुगेको निर्देशक आनन्द एल रायले बताए । लगत्तै फिल्म प्रोडक्शनमा काम शुरु हुनेछ ।

१ सय ८० करोड भारु बजेट भएको फिल्म जीरोमा शाहरुखसँगै कटरिना क्याफ र अनुष्का शर्माको पनि मुख्य भूमिका रहेको छ । फिल्म २०१८ को सबैभन्दा महंगा फिल्महरु मध्येको एक हो । सिनेमा प्रमीहरुलाई २१ डिसेम्बरको पर्खायी रहने त पक्का नै छ, यस्तोमा फिल्मको टिजरले फ्यानहरुलाई अझ आतुर बनाउने देखिन्छ ।

फिल्मको नाम जीरो राख्नुमा निर्देशक आनन्दको भनाई छ , कि कुनै पनि मान्छे पूर्ण हुँदैन । हरेक मान्छेमा कुनै न कुनै अधुरोपन हुन्छ नै , कुनै न कुनै ढंगले ऊ जीरो हुन्छ । म त्यही जीरो सेलिब्रेट गर्न चाहन्छु । त्यसैले फिल्मको नाम जीरो छ ।

शाहरुख मात्र होईन यस फिल्मका आकर्षणका केन्द्र स्वयं निर्देशक आनन्द पनि हुन् । उनले आफ्ना दर्शकलाई हरेक फिल्ममा केही न केही नया दिने गर्छन् । तनु वेड्स मनु, राझणा उनका उत्कृष्ट फिल्महरुमध्येका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?