नेकपाभित्र भुकम्प जाने अवस्था, कार्यकर्ताले यस्ताे कदम चाल्दै !
सारांश
- काठमाडाै, ३० कात्तिक।
- मंसीर पहिलो साताभित्रपनि पार्टी केन्द्रीय सचिवालय र स्थायी समितिको बैठक नबोलाए ‘फोर्सफुल मिटिङ’ राख्ने तयारी सत्तारुढ नेकपाका नेताहरुले गरेका छन्।
- पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले ढिलाई गरे बैठकका लागि हस्ताक्षर अभियानमार्फत् बैठक माग गर्ने असन्तुष्ट नेताहरुको योजना बनाएका हुन्।
काठमाडाै, ३० कात्तिक। मंसीर पहिलो साताभित्रपनि पार्टी केन्द्रीय सचिवालय र स्थायी समितिको बैठक नबोलाए ‘फोर्सफुल मिटिङ’ राख्ने तयारी सत्तारुढ नेकपाका नेताहरुले गरेका छन्। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले ढिलाई गरे बैठकका लागि हस्ताक्षर अभियानमार्फत् बैठक माग गर्ने असन्तुष्ट नेताहरुको योजना बनाएका हुन्।
सरकारका काम कार्वाही र पार्टी एकताका विषयमा छलफल गर्न पार्टी स्थायी समितिको बैठकका लागि हस्ताक्षर अभियान नै सञ्चालन गर्ने योजना उनीहरुले बनाएका हुन्। ओली नेतृत्वमा सरकार गठन भएको एक बर्ष बितिसकेपनि सरकारका काम कार्वाही जनअपेक्षा अनुरुपका छैनन्, तर आलोचना चाहिँ पार्टीका नेता कार्यकर्ताले बेहोर्नु परिरहेको छ। यसैगरी पार्टी एकता भएको पनि ६ महिना बितिसकेको छ। तर, केन्द्रमा बाहेक प्रदेश, जिल्ला र स्थानीय तह, जनबर्गीय संगठन, मोर्चा र विभागहरुमा एकता हुन सकेको छैन।
एकता प्रक्रिया टुङ्गिएपनि केन्द्रीय कमिटी र स्थायी समितिका सदस्यहरुको जिम्मेवारी समेत तोकिएको छैन। पार्टी विधानमा व्यवस्था भएको पोलिटब्यूरो पनि बन्न सकेको छैन। यी सबै बिषयमा केन्द्रीय सचिवालयले कार्ययोजना पेश गर्ने र स्थायी समितिले पारित गर्नुपर्ने हुन्छ। तर, पार्टी एकता दुई पटक बाहेक केन्द्रीय सचिवालयको बैठक बसेको छैन। मिति समेत तय भइसकेको स्थायी समितिको बैठक पटक पटक रोकिँदै आएको छ। १३–१४ कार्तिकका लागि स्थायी समितिको बैठक बोलाइएको थियो।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीको ओलीको स्वास्थ्य स्थितिलाई बहाना बनाउँदै रोकियो। त्यसयता स्थायी समिति त परै जाओस्, केन्द्रीय सचिवालयको बैठक समेत बोलाइएको छैन। ‘सरकारको काम कार्वाहीप्रति जनता सन्तुष्ट छैनन् भन्ने कुरा प्रधानमन्त्री ओलीले महसुस नै गरेका छैनन्’ नेकपाका एक नेताले भने, ‘पार्टीको भविष्यप्रति पनि उनी गम्भीर छैनन्।’ ‘पार्टीको बैठक गरेपनि हुन्छ, नगरेपनि हुन्छ भन्ने ओलीको मनसाय देखिन्छ’ नाम उल्लेख गर्न नचाहने ती नेताले भने, ‘यसको भुक्तमान पार्टीका अन्य नेता कार्यकर्ताले भोग्नु परेको छ।’
‘दुई अध्यक्षसहित पार्टीका ९ शीर्ष नेता रहेको केन्द्रीय सचिवालयको बैठक त ओलीले डाक्न चाहेका छैनन् भने स्थायी समितिको बैठक त परको कुरा भयो’ उनले भने, ‘हामीले पहल नलिने हो भने छिट्टै बैठक नबस्न सक्छ।’ बैठकका लागि पार्टीका बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरुले पहल गरिरहेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि छिट्टै बैठकको पक्षमा छन्।
तर, बैठकको पक्षमा नरहेका ओलीका अगाडि प्रचण्डपनि केही गर्न सक्ने स्थितिमा छैनन्। यही कुरा बुझेर असन्तुष्ट नेताहरुले नेपाल, खनाल र श्रेष्ठलाई अघि सारेका हुन्। बैठक छिटो बोलाउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई सन्देश पुर्याएका नेताहरुले तत्काल बैठक नबोलाएर अर्काे हप्तादेखि हस्ताक्षर अभियान सञ्चालन गर्नेछन्। ‘सचिवालय बैठक डाकेर स्थायी समिति बैठकको मिति तोकिएन भने बैठकका लागि लिखित प्रस्ताव दर्ता हुन्छ’ ती नेताले भने, ‘यस्तो स्थिति आउनु भनेको निकै अप्रिय हो।’
बैठकका लागि हस्ताक्षर अभियान नै सञ्चालन गर्दा त्यसले पार्टीभित्र ध्रुवीकरण निम्त्याउनेछ, स्थायी कमिटीका नेताहरु ओली–प्रचण्डको पक्ष–विपक्षमा उभिनु पर्ने स्थिति सिर्जना हुनेछ। स्रोतका भनाईमा, केन्द्रीय सचिवालयमा बहुमत नपुगेपनि स्थायी समितिमा छिटो बैठक बोलाउनु पर्ने पक्षको बहुमत छ। १२ असोजमा नेता नेपालले बोलाएको चियापानमा पनि बहुमत स्थायी समिति सदस्य उपस्थित भएका थिए।
प्रतिक्रिया