मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि

सारांश

  • काठमाडौं, २१ जेठ ।
  • नेपालको कम्युनिस्ट पार्टी स्थापनाको प्रारम्भिक चरणमा चलेको वर्गसंघर्ष र २०१० सालमा प्युठानमा चलेको किसान आन्दोलनसित सम्बन्धित चलत्रि “फाल्गुण २४” दाङमा पनि प्रदर्शन हुने भएको छ ।
  • नेपाली कम्युनिस्ट आन्दोलनका एक धरोहर मोहनविक्रम सिंहद्वारा लेखिएको उक्त चलचित्र यही जेठ २५ गते दाङको घोराहीस्थित गणेश चित्रालयमा र जेठ २६ गते भालुवाङको फिल्महलमा प्रदर्शन हुन थालेको हो ।

काठमाडौं, २१ जेठ । नेपालको कम्युनिस्ट पार्टी स्थापनाको प्रारम्भिक चरणमा चलेको वर्गसंघर्ष र २०१० सालमा प्युठानमा चलेको किसान आन्दोलनसित सम्बन्धित चलत्रि “फाल्गुण २४” दाङमा पनि प्रदर्शन हुने भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका एक धरोहर मोहनविक्रम सिंहद्वारा लेखिएको उक्त चलचित्र यही जेठ २५ गते दाङको घोराहीस्थित गणेश चित्रालयमा र जेठ २६ गते भालुवाङको फिल्महलमा प्रदर्शन हुन थालेको हो ।

रक्तिम साँस्कृतिक अभियानका उदीयमान कलाकार हेमराज आश्रमद्वारा निर्देशित उक्त फिल्म राजनीति र सामाजिक आन्दोलनमा लाग्ने सबैले हेर्नैपर्ने फिल्म हो । फिल्ममा दाङ जिल्लावासी रक्तिमका पुराना कलाकार नारायण योगीको पनि मुख्य भूमिका रहेको छ ।

“फागुन २४ नामक चलचित्र हेरी २०१० सालतिरको पुरानो वर्गसंघर्षको जानकारी लिँदै नयाँ ज्ञान र अनुभूति गर्न सबैमा अनुरोध छ”, राष्ट्रिय जनमोर्चा दाङका सचिव गणेश आचार्यले अनुरोध गरेका छन् । रुचि हुनेले राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

२०१० सालमा प्युठानको नारिकोटमा साहु, फटाहा र सामन्तका विरुद्ध पहिलो संगठित आन्दोलन चलेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो प्रयास थियो त्यो । त्यो संघर्सले २०१० फाल्गुण २४ गते सफलता हासिल गरेको थियो । त्यसैले चलचित्रको नाम पनि फाल्गुण २४ रहन गएको बताइएको छ । चलचित्रमा त्यो बेलाको इतिहास र समाजको झलक समेत देख्न पाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?