सुन तस्कर प्रकरण: माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सुन तस्कर प्रकरण:  माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री  थापा

सारांश

  • काठमाडौं, २३ जेठ ।
  •   सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले ठूला माछा पनि जालमा पर्ने बताएका छन् ।
  • गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन प्रकरणमा भुरा र मझौला माछा परेको भन्दै ठूला माछा पनि पर्न सक्ने बताए ।

काठमाडौं, २३ जेठ ।  सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले ठूला माछा पनि जालमा पर्ने बताएका छन् ।

गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन प्रकरणमा भुरा र मझौला माछा परेको भन्दै ठूला माछा पनि पर्न सक्ने बताए ।उनले भने,‘भुरा र मझौला परेका छन्, अनुसन्धान जारी छ ।

मुद्दा दर्ता भएको छ, ठूला पनि पर्न सक्छन् ।’ उनले भने ‘माछा मार्ने क्रम जारी छ ।’मन्त्री थापाले सुन तस्करी बारेको अनुसन्धान, वैदेशिक रोजगारीमा ठगी, ठेक्का लिएर काम नगर्ने प्रवृत्ति विरुद्ध गृहमन्त्रालय कडा रुपमा प्रस्तुत हुने बताए ।
गृहमन्त्री रामबहादुर थापा बादलले सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले छोटो अवधिमा विकास र संवृद्धि हासिल गर्न सुशासन आवश्यक भएको बताए । गृहमन्त्री थापाले तस्करी, ठगीलाई नियन्त्रणमा आफू गम्भीर रहेको बताए ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Manikumar Rai

    Good job

    Comment Author

    Limbu Man

    भने पछि प्रधान मन्त्री पर्ने होला ठूलो माछा भनेको?

    Comment Author

    Harka Rai

    पक्राउ है। होम मिनिस्टर तपाई बाट ठुलो आशा छ । ?

    Comment Author

    Pushkar Pandey

    Ho ra?Tara yo mudda ta selaudai gayeko aavas bhai raheko chha.

    Comment Author

    Chandra Ghimire

    मार बाबै माछा

    Comment Author

    Sunena Kandangwa

    Thulo macha neta

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?