विमानस्थलको दमकल खरिदमा कमिसनको खेल !
सारांश
- काठमाडौं, २४ जेठ ।
- नागरिक उड्डयन प्राधिकरणमा दमकल खरिदका लागि लाखौं रुपैयाँ कमिसनको खेल भएको छ ।
- प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र खरिद शाखाका प्रमुख कुलप्रसाद सिम्खडाको मिलेमतोमा सार्वजानिक खरिद ऐनविपरीत महँगो दरमा टेन्डर हाल्नेलाई दमकल खरिद अनुमति दिँदा कमिसनको ठूलो खेल भएको बताइन्छ ।
काठमाडौं, २४ जेठ । नागरिक उड्डयन प्राधिकरणमा दमकल खरिदका लागि लाखौं रुपैयाँ कमिसनको खेल भएको छ ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र खरिद शाखाका प्रमुख कुलप्रसाद सिम्खडाको मिलेमतोमा सार्वजानिक खरिद ऐनविपरीत महँगो दरमा टेन्डर हाल्नेलाई दमकल खरिद अनुमति दिँदा कमिसनको ठूलो खेल भएको बताइन्छ । तर, त्यहाँ सबै आवश्यक मापदण्ड पु¥याएर न्यूनतम दरमा टेन्डर हाल्नेलाई नदिई महँगो दरमा हाल्ने महावीर श्री इन्टरनेसनल प्रालिलाई खरिद अनुमति दिइएको बुधबार साप्ताहिकमा खबर छ । प्राधिकरणले गत आइतबार सो कम्पनीलाई खरिद आशयपत्र पनि दिइसकेको छ । तर, यसो गर्दा लाखौंको चलखेल भएको प्राधिकरण स्रोत बताउँछ ।
स्रोतका अनुसार धनगढी विमानस्थलका लागि आवश्यक दमकलको खरिदका लागि अनुमानित लागत १२ करोड थियो, तर त्यसमा ६२ लाख बढाइएको छ ।
दमकल खरिदमा ठूलै आर्थिक चलखेल भएको भन्दै अघिल्लो मंगलबार पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको माग गदै उजुरी पनि परेको छ । अख्तियारमा परेको उजुरीको दर्ता नं १८०८५ रहेको छ ।
प्रतिक्रिया