अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं, जेठ २७- प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिँड्नु नपर्ने बताएका छन् ।
- कुनै पनि काम गराउनका लागि कमिसन दिने परम्पराले देशलाई गलत दिशामा लगेको बताए ।
- प्रधानमन्त्री ओलीले जायज कामका लागि कमिसन दिनुपर्दैन र नाजायज कामका लागि कमिसनको माध्यमले नहुने भएकाले कसैलाई कमिसन दिन बन्द गर्न समेत आग्रह गरे ।
काठमाडौं, जेठ २७- प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिँड्नु नपर्ने बताएका छन् । कुनै पनि काम गराउनका लागि कमिसन दिने परम्पराले देशलाई गलत दिशामा लगेको बताए ।
प्रधानमन्त्री ओलीले जायज कामका लागि कमिसन दिनुपर्दैन र नाजायज कामका लागि कमिसनको माध्यमले नहुने भएकाले कसैलाई कमिसन दिन बन्द गर्न समेत आग्रह गरे ।
‘व्यापारीहरुलाई आत्मनिर्भर बनाउन प्रशासनिक झन्झट, नीतिगत सुधार, बैंक ब्याज, विद्युतीय समस्या समाधान गर्न सरकार क्रियाशील रहनेछ’ विराटनगरको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने ।
भारतसँग व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुको उत्पादन र प्रवद्र्धन गर्न सरकार व्यवसायीहरुको साथ रहेको बताए । गर्दै प्रधानमन्त्री ओलीले ‘एन्टी डम्पिङ कर’को विषयमा भारत भ्रमणका क्रममा भारतीय पक्षसमक्ष कुरा राखेको जानकारी गराए ।
मुलुक आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अगाडि बढेको प्रसङ्ग उल्लेख गर्दै देशमा विकासका लागि औद्योगिकीकरण र आधुनिकीकरणका लागि अनुकूल समय रहेको स्पष्ट गरे । ‘प्रमुख तीन विषय उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सबैको सहयोग आवश्यक छ’ उनले भने ।
Shyam Fayal
Sidhai cheque bata hola. Athawa samsung ko iphone bata electronic transfer hola haina?
Ganga Thapa
Good to hear. However to be seen to be doing words are not good enough. Something actually has to happen. It’s time to take action. Nothing is going to be handed to you on a silver platter, you better know prime minister.
Dila Ram Bastola
Go strictly!
Rajan Pratap Singh Basnyat
Sadhi kati fata matra bolna ga ra ra dekhou na P.M.