संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी ओलीले आइतबार संसदको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
- यसअघि शुक्रबार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तय कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार संसदको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । यसअघि शुक्रबार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तय कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको थियो ।
राजपा सांसद रेशमलाल चौधरीलाई सपथ, वाईडबडी प्रकरण, निर्मला हत्या प्रकरणमा सरकार रक्षात्मक बनेका बेला प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन् ।
अहिले एक बजे हुने सम्बोधनका क्रममा प्रधानमन्त्रीले यी समग्र विषयमा जवाफ दिने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरण छानविनका सरकारले बनाएको उच्चस्तरीय जाँचबुझ आयोगबारे आलोचना भएपछि प्रधानमन्त्रीले आयोग गठनको औचित्यबारे संसदलाई जवाफ दिने भएका छन् ।
सरकारले संसदको सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको वाइडबडी प्रकरणबारेको प्रतिवेदन राजनीतिक पूर्वाग्रह भएको बताएको छ । त्यसैले पनि सरकारले उच्चस्तरीय आयोग गठन गर्नुपरेको प्रधानमन्त्रीको तर्क छ ।
उता सरकारले आयोग बनाएर वाइडबडी प्रकरणका दोषीलाई चोख्याउने षडयन्त्र गरेको भन्दै सवत्र आलोचना भइरहेको छ ।
लेखा समितिमा उपसमितिले पेस गरेको प्रतिवेदनमा वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, दुई जना पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देव, दुई जना सरकारका सचिब प्रमेकुमार राई र कृष्णप्रसाद देवकोटा, वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलगायत ३४ जनालाई दोषी ठहर गरिएको छ ।
प्रतिक्रिया