गाउँ, नगरका प्रमुख, उपप्रमुखसहित १६ सयलाई पुग्यो अख्तियारको कार्वाही पत्र, जिल्ला सहित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • शिखरन्युज, २८ जेठ – गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतले कानुनले तोकेको समयमा सम्पत्ति विवरण नबुझाउँदा १६ सय जना कार्वाहीमा परेका छन् ।
  • स्थानीय चुनाव भएको १ वर्ष बितिसक्दा पनि सम्पत्ति विवरण नुबझाउनेलाई कार्वाहीस्वरुप पत्र पुगेको हो ।
  • कानुनलाई अटेर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएका जनप्रतिनिधिलाई पत्र पठाएको हो ।

शिखरन्युज, २८ जेठ – गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतले कानुनले तोकेको समयमा सम्पत्ति विवरण नबुझाउँदा १६ सय जना कार्वाहीमा परेका छन् । स्थानीय चुनाव भएको १ वर्ष बितिसक्दा पनि सम्पत्ति विवरण नुबझाउनेलाई कार्वाहीस्वरुप पत्र पुगेको हो । कानुनलाई अटेर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएका जनप्रतिनिधिलाई पत्र पठाएको हो ।

विभिन्न गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहितलाई १ महिनाभित्र ५ हजार रुपैयाँ जरिवानासहित सम्पत्ति विवरण पेस गर्नु भन्दै पत्र पठाएको छ । समयमा सम्पत्ति विवरण नबुझाएका कारण स्थानीय जनप्रतिनिधिलाई हर्जना सहितको ताकेता गरिएको हो ।

कार्वाहीमा परेका जिल्लामा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, संखुवासभा, तेहथुम, ओखलढुंगा, धादिङ, नवलपरासी पूर्व, मनाङ, पर्वत, हुम्ला, डोल्पा, जाजरकोट, अछाम, कैलाली, दार्चुला, बैतडी, कञ्चनपुर छन् । यी जिल्लाका जनप्रतिनिधिको सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ । अन्य जिल्लाका जनप्रतिनिधिले बुझाइसकेका छन् ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार राष्ट्रिय सतर्कता केन्द्रले बुझाएको विवरणका आधारमा अख्तियारले जनप्रतिनिधिलाई कार्वाही सहितको पठाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११० मा स्थानीय तहका जनप्रतिनिधिले पदमा बसेको ६० दिनभित्र आफ्नो र परिवारका नाममा रहेको चलअचल सम्पत्ति सम्बन्धित निकायमा पेश गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Koirala

    राम्रो कदम्को लागि स्वागत छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नविना लामा र रामकुमारी झाँक्री  पहिलो पटक सांसद बन्दै !
नविना लामा र रामकुमारी झाँक्री पहिलो पटक सांसद बन्दै !
कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल
कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन
गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन
साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक
साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग
म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग

तपाईंले छुटाउनुभयो कि?