जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
सारांश
- काठमाडौं, २८ जेठ – दोलखामा हिजो साँझ जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
- दोलखाको लादुकमा आइतबार साँझ बा-१४ च १६८१ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन् ।
- दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
काठमाडौं, २८ जेठ – दोलखामा हिजो साँझ जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दोलखाको लादुकमा आइतबार साँझ बा-१४ च १६८१ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन् ।
दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
जिप सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा साँझ भएको दुर्घटनामा चालकसहित आठ जना घाइते भएका हुन् । घाइतेको स्थानीय सिङटी अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया