अनायासै आक्रमण गर्दा भएको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त
सारांश
- काठमाडौं, १६ भदौ ।
- अर्घाखाँचीको नरपानीमा पिकनिक खान गएको दुई समूहबीच दोहोरो भिडन्त हुँदा नरपानी तनावग्रस्त भएको छ ।
- दोहोरो भिडन्तका क्रममा दुई जना गम्भीर घाइते भएका छन् ।
काठमाडौं, १६ भदौ । अर्घाखाँचीको नरपानीमा पिकनिक खान गएको दुई समूहबीच दोहोरो भिडन्त हुँदा नरपानी तनावग्रस्त भएको छ । दोहोरो भिडन्तका क्रममा दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।
स्थानीयवासी चन्द्रप्रकाश महतराले दिएको जानकारीअनुसार कपिलवस्तु जिल्लाको ४ नम्बरबाट एक बसभरि पिकनिक खान गएको समूह र अर्घाखाँचीकै सन्धिखर्कबाट पिकनिक खान गएको समूहबीच भिडन्त भएको हो । कपिलवस्तु ४ नम्बरबाट गएको टोलीका एक व्यक्तिले निहुँ खोजेर अनायासै आक्रमण गरेपछि दोहोरो भिडन्त शुरु भएको खनालले बताए ।
स्थानीयवासी महतराका अनुसार सन्धिखर्कबाट प्रहरी निरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीलाई करीव साढे २ घण्टासम्म हम्मेहम्मे परेको थियो । पछिल्लो समय प्रहरीले घटनालाई नियन्त्रणमा लिएको छ तर सन्धिखर्क पक्षबाट सयौंको संख्यामा मानिसहरु थपिने क्रम जारी रहेकाले थप तनाव बढ्नसक्ने अनुमान गरिएको छ । यद्यपि प्रहरीले कपिलवस्तुको ४ नम्बरबाट गएको टोलीका आक्रमणकारीहरुलाई पक्राउ गरिसकेको बताइएको छ ।
Kishor Thapa
नेपाली ले चान्स पायाे भने गर्छ के गाेर्खे हाे गाेर्खे
Meg Shrestha
अहिले को नया पुस्ता युवा हरु को प्रगति
Santosh Cheetri
Aaxxa