यसरी कुटिए महिला वडा सदस्य
सारांश
- रामेछाप, २९ जेठ ।
- रामेछाप नगरपालिका वडा नं १ का स्थानीय महिला प्रतिनिधिमाथि हातपात भएकाे छ ।
- गैरिखाेप सामुदायिक वनभित्रकाे काठ फडानीकाे निहुँमा स्थानीय इद्धबहादुर कार्कीले वडा नं १ का वडा सदस्य सृजना श्रेष्ठलार्इ हात पात गरेका हुन ।
रामेछाप, २९ जेठ । रामेछाप नगरपालिका वडा नं १ का स्थानीय महिला प्रतिनिधिमाथि हातपात भएकाे छ ।
गैरिखाेप सामुदायिक वनभित्रकाे काठ फडानीकाे निहुँमा स्थानीय इद्धबहादुर कार्कीले वडा नं १ का वडा सदस्य सृजना श्रेष्ठलार्इ हात पात गरेका हुन ।
स्थानीय वासिन्दा भानु श्रेष्ठले दिएकाे जानकारीअनुसार ठेटकुमार श्रेष्ठले बिगत २ महिना अगाडि वनभित्रकाे रूख फडानी गरेका थिए । साे वन उपभाेक्ता समितिले वन कार्यालयमा उजुर गरेपछि श्रेष्ठ फरार थिए । तत्कालीन जिल्ला बन अधिकृत सहितकाे ४ जना टाेली स्थानीयहरुसँग श्रेष्ठकाे घरमा जाँदा श्रेष्ठ घरमा नभेटेपछि टाेली फर्केकाे थियाे ।
हाल जिल्ला वन अधिकृत शम्भुप्रसाद तिवारीलार्इ वन मन्त्रालयकाे ठाडाे अादेशमा उक्त फार्इल उपभाेक्ता समितिका सचिव पीताम्बर दाहाललार्इ बाेलार्इ तिवारीले अाफै मिलाउन जिम्मेवारी दिएका थिए ।
मंगलबार वन उपभाेक्ता समितिको बैठक बस्ने क्रममा श्रेष्ठले फार्इल च्यात्न भनेपछि विवाद सृजना भएकाे थियाे । प्रत्यक्षदर्शी सनबहादुर श्रेष्ठका अनुसार ठेटकुमार श्रेष्ठले वडा सदस्य सृजना श्रेष्ठकाे घरमै गएर गाली बेइजति गर्दै हातपात गरेका थिए । हातपात गर्दा श्रेष्ठ सामान्य घार्इते भएकाे बताइएकाे छ ।दाेषिलार्इ कार्वाहि गरिपाउँ भन्दै सामुदायीक प्रहरी चाैकी साँघुटारमा श्रेष्ठले निवेदन दर्ता गराएकि छिन ।
तर करिब १ घण्टा टाढा पर्ने उक्त स्थानमा प्रहरी पुग्न नसकेकाे स्थानियकाे गुनासाे छ । दाेषि खुलेअाम हिडिरहेकाे स्थानियहरूकाे गुनासाे छ।
प्रतिक्रिया