युवा संघ नेपाल र वाईसीएल नेपालका सबै कार्यक्रम स्थगित !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
युवा संघ नेपाल र वाईसीएल नेपालका सबै कार्यक्रम स्थगित !

सारांश

  • काठमाडौं, ३१ जेठ ।
  • तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल  नेपालले अाज बाट अाफ्ना कार्यहरू  स्थगित गरेकाे छ  ।
  • युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन ले अाफ्न गतिबिधि अगाडि नबढाउने निणय गरेकाे हाे ।

काठमाडौं, ३१ जेठ । तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल  नेपालले अाज बाट अाफ्ना कार्यहरू  स्थगित गरेकाे छ  ।

युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन ले अाफ्न गतिबिधि अगाडि नबढाउने निणय गरेकाे हाे ।

युवासंघ नेपालका अध्यक्ष  रमेश पाैडेलले अबकाे लडार्इ विकास बिराेधि र बिकासका पक्षधर बिच हुने बताए । उनले भने’ बिगतलार्इ सम्झदै हिजाेका दिनमा वाइसिएल नेपाल र युवासंघ बिच जे जस्ता लडाइ भए अब बाट सबैमा पुर्णबिराम  लागेकाे छ । अब देशकै दुइ शक्तिशाली भातृ संगठनहरू एकै ठाउँमा उभिएका छन । अब अाम युवाहरूकाे भावनालाइ समेट्दै देशैभरी रहेका युवाहरूलाइ यस संगठनले  संगठित गर्दै विकासमा लगाउने छ ।’

दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको वाईसीएल नेताहरुले बताए । संगठन विस्तारका लागि दुबै संगठनका नेता सम्मिलित कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि बैंठकले गरेको छ ।

अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको युवा भ्रातृ संगठनमा दुबै पार्टीका युवा नेता समावेश गर्नु पर्ने भएकाले झण्डै चारसयको केन्द्रीय समिति बन्ने जनाइएको छ । बैठकमा युवा संगठनले लिने रणनीति, पार्टी र सरकारको पनि समीक्षा गरेको छ ।

२०४७ जेठ १ गते गठन भएकाे युवासंघ नेपालकाे सस्थापन अध्यक्ष हालका प्रधानमन्त्री केपी शर्मा अाेली थिए । त्यसैगरी वाइसिएल नेपालका  अध्यक्ष  गणेश  पुन सागर थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    कसैले केही माखो मार्दैन, आफ्नो पार्टी प्रती आस्था राख्यो भने बालकृष्ण ढुङ्गेल जस्ता नरपिचास लाई त इनाम मिल्छ भने अब यो भन्दा ठुलो अपराधी कोहि छ नेपाल मा???
    अनि आस्था कै आधार मा यस्ता जघन्य अपराधी लाई माफी दिने अपराधी का ठेकेदार हरुबाट फेरि कुनै निष्पक्ष शासन प्रशासन को कल्पना त सपनामा पनि नगरे हुन्छ नि।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?