अब मोबाइलबाटै सबै गन्तव्यको टिकट काट्न सकिने
सारांश
- काठमाडौ ।
- अब मोवाइलबाटै जुनसुकै ठाउको पनि टिकट किन्न सकिने भएको छ ।
- बससेवा डटकम अनलाइनबाटै दशैँका लागि अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ ।
काठमाडौ । अब मोवाइलबाटै जुनसुकै ठाउको पनि टिकट किन्न सकिने भएको छ । बससेवा डटकम अनलाइनबाटै दशैँका लागि अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाइल मार्फत सहजै काट्न सकिनेछ ।
बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यात्रुहरूले असोज १ गतेदेखि मोबाइलदेखि नै आफ्नो गन्तव्यको टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।
अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर रहेका इसेवाका १ लाख ५० हजार भन्दा बढि एजेन्ट नेटवर्कबाट समेत टिकट काट्न सकिनेछ । साथै खल्ती,आइएमईपेका एजेन्ट नेटवर्कका साथै हरेक बैंकका मोबाइल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ ।
प्रतिक्रिया