बलिउड अभिनेता अरमान पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बलिउड अभिनेता अरमान  पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट

सारांश

  • एजेन्सी ।
  • बलिउड अभिनेता अरमान कोहली पक्राउ परेको २० घण्टापछि उनकी प्रेमिकाले आफ्नो उजुरी फिर्ता लिएकी छिन्।
  • अरमानसँग लिभ इन टुगेदरमा रहेकी प्रेमिका नीरु रंधावामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो।

एजेन्सी । बलिउड अभिनेता अरमान कोहली पक्राउ परेको २० घण्टापछि उनकी प्रेमिकाले आफ्नो उजुरी फिर्ता लिएकी छिन्।

अरमानसँग लिभ इन टुगेदरमा रहेकी प्रेमिका नीरु रंधावामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो। प्रेमिकाले आफूलाई अरमानले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

नीरुको उजुरीका आधारमा प्रहरीले अरमानलाई पक्राउ गरेर अनुसन्धानका लागि राखेको थियो। तर पक्राउ परेको २० घण्टापछि अरमान विरुद्ध हालेको उजुरी नीरुले आफै फिर्ता लिएकी छिन्। अरमानका वकिल लक्ष्मी रमनले नीरु र अरमानबीच अदालत बाहिर मुद्दा मिलाइएको बताएका छन्।

अरमान कोहलीमाथि प्राय प्रेमिकामाथि कुटपिटको आरोप लाग्ने गरेको छ। लिभ इन टुगेदरमा रहेकी प्रेमिकामाथि कुटपिट गरेका कारण पछिल्लो समय यिनको चर्चा छ।

पछिल्लो समय नीरुलाई घाइते हुनेगरी कुटपिट गरेका अरमानमाथि यसअघि पनि प्रेमिका कुटपिट गरेको आरोप लागेको थियो।

केही समयअघि मुनमुन दत्ताले पनि अरमानमाथि कुटपिटको आरोप लगाएकी थिइन्। त्यस्तै काजोलकी बहिनी तनीषाले पनि अरमानमाथि कुटपिटको आरोप लगाएकी थिइन्।

अरमानसँग लिभ इनमा रहेकी नीरुले एक अन्वार्तामा भनेकी छिन्, अरमानले तनीषामाथि पनि हात उठाएका थिए। यसका बारेमा मलाई घरमा काम गर्ने नोक्करबाट थाहा भएको थियो। अरमान र तनीषाका साथीहरुले पनि मलाई यो कुरा भनेका थिए, की अरमानले तनीषामाथि कुटपिट गर्दथे।

अरमान र तनीषा मुखर्जीको सम्बन्ध बिग बस ७ बाट सुरु भएको थियो। उनीहरुको अफेयरका कारण काजोल र उनकी आमा निकै रुष्ट भएको खबर पनि बाहिरीएको थियो। बिग बसको घरमा पनि अरमानले अन्य सहभागीलाई कुटपिट गरेको आरोप लागेको थियो।

बिग बसबाट सुरु भएको अरमान र तनीषाको सम्बन्ध शो सकिएसँगै ब्रेकअप भएको थियो। अरमानको हिंस्रक प्रवृति देखेर अनीषा टाढा भएको हुन सक्ने अनुमान गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कति छ सुनको मूल्य ? हेर्नुस्
आज कति छ सुनको मूल्य ? हेर्नुस्
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत
नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
सवारीसाधनको कुम्भमेला नाडा अटो शोमा बढ्दै भीडभाड
सवारीसाधनको कुम्भमेला नाडा अटो शोमा बढ्दै भीडभाड
आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली
आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली
सव इन्जिनियर ६० हजार घुससहित पक्राउ
सव इन्जिनियर ६० हजार घुससहित पक्राउ
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
रणवीर सिंह जो फ्यानकालागि जे पनि गर्न तयार हुन्छन्
रणवीर सिंह जो फ्यानकालागि जे पनि गर्न तयार हुन्छन्
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?