इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार

सारांश

  • विराटनगर, १ असार ।
  •   इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् ।
  • एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरुले जेठ ३ गतेदेखि रोजा (व्रत) शुरु गरेका थिए ।

विराटनगर, १ असार ।  इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् ।

एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरुले जेठ ३ गतेदेखि रोजा (व्रत) शुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ ।

पर्व धुमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरुले सम्पूर्ण तयारी गरिसकेका छन् । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ ।

पर्वको मुख्य दिन भोलि मुसलमानहरुले इदगाहमा गएर सामूहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एकापसमा शुभकामना एवं सटासाट गर्दछन् ।

यस अबसरमा मुसलमानहरुले फित्तरा, जकातका साथै सिधका र हदिया पनि निकाल्ने गर्छन् ।

फित्तरा जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर निकाल्नु पर्छ भने जकात सम्पत्ति शुद्धीकरणका लागि सयकडा अढाइ प्रतिशत निकाल्नु पर्छ । यो संकलित रकम यो समुदायले विपन्न परिवार तथा मदर्शा (पाठशाला) मा वितरण प्रदान गरिन्छ ।

रोजा, नमाज, जकात, हज र फित्तरा यी पाँच पाँच आधारभूत कुरा मुसलमानहरुका लागि महत्वपूर्ण भएकाले हजबाहेकका अन्य सबै यस महिनामा प्राप्त हुने गर्छन् ।

रोजा पर्व एक कठिन व्रत भए पनि ११ वर्षदेखि माथिका सबैलाई अनिवार्य गरिए पनि बिरामी, गर्भवती महिला र अशक्त नागरिकलाई अनिवार्य गरिएको छैन ।

रमजान महिनामा रोजा बस्नु आफू गौरवान्वित भएको सुनसरी चाँदबेला निवासी १४ वर्षीय मोहम्मद अर्ज अली बताउनुहुन्छ ।

जस्तोसुकै कठिन अबस्थामा पनि धर्मले अह्राएकाले यो हाम्रो लागि सरल छ र यही कारणले अल्लाहबाट दया प्राप्त हुने विश्वास उहाँको छ ।

विराटनगर रानी निवासी हाजी डा अविद हुसेनले आफू मुटुको रोगी भए पनि रोजालाई नकार्न नसकेर यस्तो प्रचण्ड गर्मीमा पनि रोजा बसेको छु भन्नुुहुन्छ । रोजा बस्नु हाम्रो लागि ठूलो धर्म हो हाजी हुसेनको प्रतिक्रिया छ ।

अल्लाहले सिर्जना गरेको सबै प्रकृतिको स्वाद लिन मुसलमानहरुको रमजान तथा अन्य पर्व पनि प्रत्येक वर्ष १० दिन सर्ने गरेको छ । गएको वर्षमा असार १४ गते इदुलफित्र पर्व परेको थियो भने यस वर्ष तिथि घटबढले गर्दा भोलि शनिबार परेको हो ।
उक्त पर्वका लागि मुस्लिम समुदाय हर्षोल्लासका साथ बजारमा खानेकुरा खरिद गर्न व्यस्त देखिएका छन् । यो पर्वमा सेवई, बिरयानी, पुलाउजस्ता परिकार खाने चलन छ ।

सेवईको बिक्री बढ्यो

इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्र (इद)को रमझमसँगै महोत्तरी जिल्लाका बजारमा सेवईको बिक्री ह्वात्तै बढेको छ । पर्वमा सेवइ (गहुँको पिठोबाट बनाइएको खिर पकाउने सामग्री)को खिर खाने परम्पराले इदको तयारीसँगै जताततै सेवईको बजार जमेको हो ।

पर्वमा सेवईको खिर र मासुका विभिन्न परिकार खाने खुवाउने इस्लाम परम्परा हो । जस्तोसुकै आर्थिक अवस्था भए पनि पर्वका लागि यी परिकार अनिवार्य झैँ भएकाले पर्वको तयारीसँगै सेवईको बिक्री बढेको जिल्लाको भङ्गाहा नगरपालिका–४ का इस्लाम धर्मावलम्बी युवा ३५ वर्षीय सहबुल अन्सारीको भनाइ छ ।

जिल्लाका इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका सम्सी, पर्सादेवाड, लक्ष्मीनियाँ बैरगिया, बसबिट्टी, धमौरा, लोहारपट्टी, भङ्गाहा, जलेश्वर, अधियानपुर, मोतिगिरपर्सा र खुट्टापिपराढीसहितका बस्तीमा सेवई पसल सजाइएका छन् । यो अवसरमा सेवईको राम्रो व्यापार हुने भएकाले पछिल्ला १० वर्षदेखि सेवई बेच्दै आउएको सीतपुर बजारकी हिन्दू धर्मावलम्बी रेणुका साह बताउनुुुुहुन्छ ।

इस्लाम परम्पराको हिजरी सम्वत्मा रमजान महिनाभरि रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बीले आज एक महिने व्रत सम्पन्न गर्दैछन् । चन्द्रमाको गतिमा आधारित यो पर्व रमजान सकिएर सौव्वाल महिना शुरु भएको दिन मनाइन्छ ।

इदको अवसरमा एकाबिहानै नयाँ लुगा लगाएर नमाज (प्रार्थना) गरेपछि जकात (आफ्नो वार्षिक आम्दानीबाट छुट्याइएको दशांस रकम) बाट दीनदुःखीलाई लुगा, खानेकुरा दिएर घर घरमा शुभकामना आदानप्रदान गर्दै विभिन्न परिकार खाने, खुवाउने गरिन्छ ।

अहिले इदको तयारीमा जिल्लाका इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका नगर गाउँ बस्तीमा निकै रमझम बढेको छ । रमजान महिना सकिएको दिन शुक्लपक्षको द्वितीया तिथिका दिन साँझ चन्द्रमा देखिएको सन्देश आफ्नो भूगोल क्षेत्रका मौलाना (मुख्य धर्मगुरु) ले पुष्टि गरेपछि त्यसको भोलिपल्ट इद मनाउने परम्परा रहेको बर्दिवास–१४ का इस्लाम धर्मावलम्बी युवा २५ वर्षीय मुस्तकिम अली बताउनुहुन्छ ।

इदमा सबै रिसराग बिर्सेर एक अर्कालाई अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यो पर्व आपसी सद्भाव र सहिष्णुताको प्रतीक रहेको इस्लाम धर्म परम्पराका ज्ञाता भङ्गाहा–४ रामनगरका ७५ वर्षीय हाजी बिहारी अन्सारीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड
राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
खुमलाटारमा पाँच भाईको रणनीति
खुमलाटारमा पाँच भाईको रणनीति
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन

तपाईंले छुटाउनुभयो कि?