राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग

सारांश

  • चैत २६, काठमाण्डौ ।
  • राप्रपाका महामन्त्री एवं संघीय संसदका सांसद राजेन्द्र लिङ्देनलाई अमुक व्यक्ति वा समुहबाट रकम लिइसकेको बताउँदै ज्यान मार्ने धम्की दिएको घटनालाई राप्रपाले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
  • आपराधिक कार्यमा संलग्नहरुले योजनाबद्ध ढंगबाट श्रृङखलागत रुपले सतर्कतापूर्वक धम्की दिइरहेको भन्दै राप्रपाले पैसासंग मात्रै सम्बन्धित नरहेर राजनीतिक वा अन्य कारण पनि हुन सक्ने आशंका व्यक्त गरेको छ ।

चैत २६, काठमाण्डौ । राप्रपाका महामन्त्री एवं संघीय संसदका सांसद राजेन्द्र लिङ्देनलाई अमुक व्यक्ति वा समुहबाट रकम लिइसकेको बताउँदै ज्यान मार्ने धम्की दिएको घटनालाई राप्रपाले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

आपराधिक कार्यमा संलग्नहरुले योजनाबद्ध ढंगबाट श्रृङखलागत रुपले सतर्कतापूर्वक धम्की दिइरहेको भन्दै राप्रपाले पैसासंग मात्रै सम्बन्धित नरहेर राजनीतिक वा अन्य कारण पनि हुन सक्ने आशंका व्यक्त गरेको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा घटनाको मिहिन ढंगबाट छानबिन गरि पक्राउ परेका व्यक्तिबाट सत्यको उजागर गर्न सरकारसमक्ष माग गरेको छ ।

राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ,–वास्तविक दोषी पत्ता लगाउन घटनाको जरासम्मै पुगेर अनुसन्धान गर्ने कार्यलाई निरन्तरता दिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीसंग राप्रपा जोडदार माग गर्दछ ।

केही दिन अघि फोन र एसएमएसमार्फत् लिङ्देनसँग रकम माग गरिएको थियो । रकम नदिए उनलाई घरबाट बाहिर निस्किनासाथ मार्ने धम्की दिइएको थियो । प्रहरीले धम्क्याउने तिलकदाश पराजुलीलाई पक्राउ गरिसकेको छ। प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएपछिमात्रै लिङ्देनले धम्की आएको सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई  कुनै कुराको कमी हुन नदिने
सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई कुनै कुराको कमी हुन नदिने
निर्मला हत्याकान्डः हत्या स्वीकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट नेगेटिभ
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरु
वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरु
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
देउवसँग किन कड्किए ओली ?
देउवसँग किन कड्किए ओली ?
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
क्रसर उद्योगीको मनोमानी बढ्दै : राजस्व नबुझाई खोला उत्खनन
क्रसर उद्योगीको मनोमानी बढ्दै : राजस्व नबुझाई खोला उत्खनन
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा