केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं, २ असार ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यसको मर्म बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले शनिबार नेकपाको संसदीय दललाई प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यसको मर्म बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले शनिबार नेकपाको संसदीय दललाई प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भने, ‘सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक छ ।’ उनले असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न आग्रह गरे ।
प्रतिनिधिसभाका बैठकमा बजेटमाथिको छलफलका क्रममा कतिपय सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । ओलीले भने, ‘तपाईहरुका असन्तुष्टि र भनाइ जायज हुन सक्छन्, मेरै निर्वाचन क्षेत्रमा पनि के के प¥यो, परेन मैले सोचेजस्तो नभएको हुनसक्छ । अघिल्लो सरकारले अर्थतन्त्रलाई असन्तुलित बनाई दायित्व छाडेर गएकाले हामीलाई समस्या परेको हो ।’
उनले भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्र्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुने प्रसंग उल्लेख गर्दै सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुने बताए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतासहित सहभागी बैठकमा करीब ५० सांसदले बोल्नका लागि नाम टिपाएका थिए ।
Badri Shrestha
Jante bakhra na samjha janta lai,khilli naudau hai
hamro pani palo aauchha hai.
RabiLal Damai
बाँड्नेले अाँखा हेरेर बाँड्नुपर्छ।
Ganesh Deuba
You should not required in Nepal, kp oli.
Om Sagar Shrestha
Parcha PM jeu ..badne le milayera badna paryoni..afna lai masu nai masu ani aru lai jhol ra tukra tukri jani bujhi paresi ksko chitta bujhcha….
Buddhipd Rai
प्रम केपि ओलीजीको राष्ट्रप्रतिको सोंच/विचार र बोल्ने स्तर हदै निम्न कोटीको रहेको प्रमाणित हुंदैछ।
Beer Thapa
त्याे कुरा थाहा रहेछ साेझा जनतालाइ किन झुठाे गफ लगाउने
Kirawa Arjun Mannupa
तिम्रो बकम्फुसे उखान टुक्का नेपाली जनताले कहिले सम्म सुनिरहनु पर्ने हो खै ….?