केही दिन वर्षाको पानी प्रयोग नगर्न सुझाव

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
१९ पटक हेरिएको
Shares
केही दिन वर्षाको पानी प्रयोग नगर्न सुझाव

सारांश

  • उदयपुर ,२ असार ।
  • शुक्रबार साँझ देशका विभिन्न ठाउँमा परेको पानी पहेंलो र हिलो मिसिएको पाइए पछि विभिन्न सन्देह र त्रास फैलिएको छ ।
  • हाल सम्म यस्तो नभएको उदयपुर त्रियुगा का ८५ बर्षिय हरी राउत बताउछन ।

उदयपुर ,२ असार । शुक्रबार साँझ देशका विभिन्न ठाउँमा परेको पानी पहेंलो र हिलो मिसिएको पाइए पछि विभिन्न सन्देह र त्रास फैलिएको छ ।

हाल सम्म यस्तो नभएको उदयपुर त्रियुगा का ८५ बर्षिय हरी राउत बताउछन । भने उता जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय नभएसम्म बर्षादको पानी प्रयोग नगर्न सर्वसाधारणलाई सार्वजनिक आह्वान गरेकाे छ ।

मौसमविद् मिनकुमार अर्यालले धमिलो र पहेलो रङको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फाल्न सुझाव दिए। उनले पहेंलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा समेत औंल्याए।

भारतको राजस्थान आसपासको मरुभूमिमा उडेको धूलोसहितको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डल हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेकाले शुक्रबार राति परेको वर्षा पहेँलो र हिलो मिसिएको पाइएको उनले जानकारी दिए।

(https://punandjokes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?