त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड

सारांश

  • यसपटक ब्राजिल विश्वकपका लागि रुसमा चार वर्षअघिको नमिठो बिर्साउने र आफ्नो फुटबल ‘ग्लोरी’ फर्काउने लक्ष्यसहित पुगेको छ ।
  • सन् २०१४ मा घरेलु मैदानमै भएको विश्वकपको सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग इतिहासकै खराब हार बेहोर्‍यो, ७–१ को ।
  • त्यसरी प्रतियोगिता टुंग्याएको ब्राजिल अहिले अधिकांश युवा खेलाडीसहित विश्व विजेता बन्ने बलियो सम्भावनासहित रुस पुगेको छ ।

यसपटक ब्राजिल विश्वकपका लागि रुसमा चार वर्षअघिको नमिठो बिर्साउने र आफ्नो फुटबल ‘ग्लोरी’ फर्काउने लक्ष्यसहित पुगेको छ ।

सन् २०१४ मा घरेलु मैदानमै भएको विश्वकपको सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग इतिहासकै खराब हार बेहोर्‍यो, ७–१ को । त्यसरी प्रतियोगिता टुंग्याएको ब्राजिल अहिले अधिकांश युवा खेलाडीसहित विश्व विजेता बन्ने बलियो सम्भावनासहित रुस पुगेको छ ।

चार वर्षअघि नेइमार घाइते भएर ब्राजिलले नराम्रो अनुभव लिएको थियो । तर अहिले नेइमार चोट मुक्त भएर विश्वकपका लागि तयार भएका छन् ।

प्रशिक्षक टिटेले जिम्मेवारी सम्हाल्न आएदेखि ब्राजिलको टिममा आश लाग्दो परिवर्तन देखिएको छ । यसले ब्राजिलका फ्यानलाई पुरानो ब्राजिल देख्न सकिने भयो भन्ने आश जागेको छ ।

टिटे सन् २०१६ को जुनमा ब्राजिलको जिम्मेवारी लिन आएका छन् । उनले जिम्मेवारी सुरु गर्ने बेला दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट तालिकामा ब्राजिल छैटौँ स्थानमा थियो ।

तर त्यसपछिका लगातार ९ खेलमा जित निकाल्दै ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टिम बन्यो । उनले ब्राजिललाई यो पटक विश्वकपको उपाधिसम्म लैजाने आश गरिएको छ । सन् २०१७ को माचै २८ मा पाराग्वेलाई ३–० ले हराएपछि ब्राजिलले विश्वकपमा स्थान पक्का गरेको थियो ।

चार वर्षअघि र अहिले


पेलेको देशलाई फुटबलको देश भन्दा पनि फरक नर्पला । तर चार वर्षअघि घरेलु मैदानमै भएको विश्वकप ब्राजिलको इतिहासमा बिर्सन लायक बन्यो । स्टार खेलाडी क्वाटर फाइनलमा चोटग्रस्त भए ।

सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ ले पराजित भयो । यो हारले ब्राजिलको टिमसँग उसका विश्वभरका फ्यानलाई पनि गहिरो अँध्यारोमा धकेल्यो ।

चार वर्षपछि अहिले अवस्था फेरिए जस्तो छ । ब्राजिलको टिम रुस विश्वकपमा आफ्नो पुरानो इतिहास फेरि लेख्ने दृढ लक्ष्यसहित अहिले अभ्यासमा छ ।

कप्तान थिएगो सिल्भाले भनेका छन् कि आफूहरुले उपाधिका लागि वाचा नगर्ने तर हरेक खेल उत्कृष्ट बनाउने वाचा भने गर्छौँ । यसको अर्थ हरेक खेल उत्कृष्ट भएपछि जित सायदै पर हुँदैन होला । अहिले ब्राजिल फिफा बरियतामा दोस्रो नम्बरमा छ ।

अहिले ब्राजिलियन टिम अभ्यासका लागि लण्डनमा छ । चार वर्षअघि जनु खेलाडी चोटग्रस्त भएका कारण टिम समस्यामा परेको थियो त्यहि खेलाडी अहिले चोटबाट मुक्त भएर मैदान फर्किसकेका छन् र बलियो बनेर आउको छनक पनि दिएका छन् ।

ब्राजिल पाँच पटकको विश्व विजेता हो जसले अहिलेसम्म २० पटक विश्वकप खेलेको छ । सन् १९३० मा पहिलो पटक विश्वकपमा सहभागी भएर ब्राजिलले विश्वकपको यात्रा सुरु गरेको थियो । पछिल्लो पटक उसले सन् २०१४ मा विश्वकपको आयोजना पनि गर्‍यो ।

सन् १९३० देखि विश्वकपमा सहभागी हुन थालेको ब्राजिलले त्यसको २८ वर्षपछि उपाधि उचाल्यो । उसले सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।

त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा ब्राजिल विश्व विजेता बन्यो । २००२ यता भने ब्राजिलले उपाधि चुम्न सकेको छैन । १६ वर्षदेखिको उपाधि भोक यो पटक पूरा हुने ब्राजिलियन सपना छ । २० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । त्यसमा पाँचपटक त विजेता नै बनेको छ ।

स्टार खेलाडी


तस्बिर : एएफपी

ब्राजिलको टिममा सबै स्टार खेलाडी छन् । त्यो भन्दा पनि ठूलो कुरा ब्राजिलको टिममा विश्वका सबैभन्दा महँगा खेलाडी नेइमार छन् । बार्सिलोनाबाट अघिल्लो सिजन विश्वकीर्तिमानी मूल्यमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजी गएका नेइमार अहिले तयार भएका छन् ।

उनको उपस्थिति र उनको अनुपस्थितिको असर के हुन्छ भन्ने अघिल्लो विश्वकपको सेमिफाइनलमा देखाएको छ । नेइमारको उपस्थितिले यो विश्वकपमा ब्राजिलियन टिमको आत्मबल उच्च छ ।

यस्तै टिममा थिएगो सिल्भा, गाब्रिएल जिसस, फिलिप कोन्टिन्हो, मार्सेलोसहितका स्टार खेलाडी छन् । यी सबै खेलाडीको उत्कृष्ट प्रदर्शनले रुस विश्वकपलाई रोमाञ्चक बनाउने पक्का छ ।

कुरा स्वीट्जरल्याण्डको


स्वीट्जरल्याण्ड युरोपको बलियो टिम हो, जसले दक्षिण अमेरिकाको ब्राजिललाई दबाबमा पार्न सक्छ । तर स्वीट्जरल्याण्ड आफै पनि ब्राजिल बलियो प्रतिस्पर्धी रहेको स्वीकार गर्छ ।

विश्व बरियतामा छैटौँ नम्बरमा रहेको स्वीट्जरल्याण्ड र दोस्रो स्थानमा रहेको ब्राजिलको खेल प्रतिस्पर्धात्मक हुने पक्का छ ।

स्वीट्जरल्याण्डले प्ले अफ मार्फत विश्वकपमा स्थान बनाएको हो । स्वीट्जरल्याण्डले पछिल्ला २२ खेलमा एक खेलमा मात्रै हार बेहोरेकाले पनि ब्राजिलका लागि चुनौती ठूलै छ ।

हेड–टू–हेड र विश्वकप


यी दुई टोलीबिच अहिलेसम्म ८ पटक भेट भएको छ । यसमा ब्राजिलले मात्रै तीन खेलमा मात्रै जित निकालेको छ । तीन खेलमा बराबरी भएको छ भने दुई खेलमा ब्राजिल हारेको छ । यस क्रममा ब्राजिलले १० गोल गरेको छ भने ८ गोल खाएको छ ।

यी दुई टोली विश्वकपमा एक पटक मात्रै भेट भएका छन् । सन् १९५० मा भएको भेटमा २–२ को बराबरी भएको थियो ।

ब्राजिल विश्वकपमा समूह चरणका पछिल्ला १२ खेलमा अपराजित छ । उ पछिल्लो पटक सन् १९९८ समूह चरणको खेलमा नर्वेसँग पराजित भएको थियो ।

उ सन् १९८२ यताका हरेक विश्वकपमा समूह विजेता बनेको छ । ब्राजिलले विश्वकपमा आफ्ना पछिल्ला १८ उद्घाटन खेलमा १६ मा जित निकालेको छ ।

स्वीट्जरल्याण्ड पछिल्ला चार सहभागितामा आफ्नो पहिलो खेलमा अपराजित छ । लगातार चौथो पटक विश्वकप खेल्न लागेको स्वीट्जरल्याण्डको यो ११ औँ विश्वकप यात्रा हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराएको पाँच दिनपछि शाक्यको शव फेला
हराएको पाँच दिनपछि शाक्यको शव फेला
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
अभिभावकको रोजाइ बन्दै दरबार हाईस्कुलः नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
अभिभावकको रोजाइ बन्दै दरबार हाईस्कुलः नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा
नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

तपाईंले छुटाउनुभयो कि?