मोटरसाइकलबाटै विश्वयात्रा गर्दै इरानी महिला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
मोटरसाइकलबाटै विश्वयात्रा गर्दै इरानी महिला

सारांश

  • एशिया महादेशको दक्षिण पश्चिममा अवस्थित इरान शिया इस्लाम धर्मावलम्बीको बसोवास भएको मुलुक हो ।
  • सन् १९३५ सम्म इरानलाई फारस भनेर चिनिन्थ्यो ।
  • यो मुलुक महिलाहरुको अधिकारका मामलामा त्यति उदार रहेको देखिदैन ।

एशिया महादेशको दक्षिण पश्चिममा अवस्थित इरान शिया इस्लाम धर्मावलम्बीको बसोवास भएको मुलुक हो । सन् १९३५ सम्म इरानलाई फारस भनेर चिनिन्थ्यो । यो मुलुक महिलाहरुको अधिकारका मामलामा त्यति उदार रहेको देखिदैन । यद्यपि पछिल्लो समयमा महिला अधिकार र सशक्तिकरणको मुद्दामा परिवर्तनहरु भइरहेको बताइन्छ । यसकै सूचकको रुपमा पछिल्लो समय एउटा घटनाले विश्वभर चर्चा कमायो । जब इरानकी एक महिला मार्ले एजार्लो आठसय सिसीको ‘बिएमडव्ल्यू जिएस’ मोटरसाइकल लिएर विश्वयात्रामा निस्किइन्, धेरैलाई यसले आश्चर्यमा पा¥यो । मार्ले छ वर्षदेखि विश्वयात्राको एकमात्र उद्देश्य लिएर निरन्तर मोटरसाइकल यात्रा गरिरहेकी छिन् । यही क्रममा उनले पहिलो चरणमा ७ महादेशका ४५ मुलुक घुम्ने योजना बनाइन् ।

३५ बर्षिया मार्ले एजार्लो पूर्णनियन्त्रण राखेर तिब्र गतिमा मोटरसाइकला चलाउन सक्छिन् । एकदिन मार्ले एजार्लो आपैm मोटरसाइकल कुदाएर आफ्नै मुलुक इरान पनि जान चहान्छिन्, तर मार्लेका लागि यो यात्रा भने सहज हुने छैन । यसको एकमात्र कारण हो इरानमा महिलालाई बाइक चलाउने वैधानिक अनुमति छैन । कानुनले प्रतिबन्ध गरेको यो कामले उनलाई आफ्नै मुलुकमा समस्यामा पार्ने देखिन्छ । तर पनि मार्ले एजार्लो ३ सय ७० किलोको मोटरसाइकल लिएर निर्धक्क आधा विश्व भ्रमणको उद्देश्यसहित अघि बढीरहेकी छिन् । उनी १५ बर्ष अघि दक्षिण एशियाका केहि शहरहरु पनि आएकी थिइन् । मार्लेको एकलाख किलोमिटर मोटरसाइकल गुडाएर नयाँ विश्व किर्तिमान बनाउने योजना पनि रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?