८ सदस्यीय मन्त्रीमण्डल गठनकाे तयारी -को को बन्दै छन त मन्त्री ?
सारांश
- काठमाडौंः नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) पदभार ग्रहण गर्ने भएका छन।
- दिउँसो पौने दुई बजे राष्ट्रपति भवन शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरे लगतै आजै देउवाले पदभार ग्रहण गर्ने भएका हुन् ।
- पदभार ग्रहण अघि देउवा लैनचौर स्थित सहिद पार्कमा पुगेर सहिदप्रति श्रद्धाञ्जलीअर्पण गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
काठमाडौंः नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) पदभार ग्रहण गर्ने भएका छन। दिउँसो पौने दुई बजे राष्ट्रपति भवन शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरे लगतै आजै देउवाले पदभार ग्रहण गर्ने भएका हुन् ।
पदभार ग्रहण अघि देउवा लैनचौर स्थित सहिद पार्कमा पुगेर सहिदप्रति श्रद्धाञ्जलीअर्पण गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । नेता विश्वकर्माका अनुसार प्रधानमन्त्री देउवाले आजै ८ सदस्यीय मन्त्रीमण्डल बनाउने भएका छन।
पहिलो चरणमा नेपाली काँग्रेसबाट तीन जना, माओवादी केन्द्र बाट दुई जना लोकतान्त्रिक फोरम र राप्रपा बाट एक– एक जना मन्त्री बनाईने भएको छ। आज विस्तार हुने मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट गोपालमान श्रेष्ठ , ज्ञानेन्द्रबहादुर कार्की पर्ने भएका छन।
त्यस्तै माओवादी केन्द्रबाट नेता टोपबहादुर रायमाझी र प्रभु शाह पर्न सक्ने बताईएको छ। फोरम लोकतान्त्रिकबाट विजय गच्छदार आफै जाने भएका छन। राप्रपामा भने सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अझै टुङ्गो लागेको छैन। पार्टी अध्यक्ष कमल थापालाई पठाउने कि अर्को कोहिलाई भन्ने विषयमा छलफल भईरहेको नेता किरण गिरीले बताए ।सरकारमा चार जना उपप्रधानमन्त्री रहने विषयमा पहिल्यै सहमति भएको थियोे ।
Khark Limbu
Hi .