बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २८, २०७७
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ ।
  • कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।
  • मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिनुभयो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।

मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिनुभयो । उनलाई कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना सङ्क्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको उहाँले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका­२ का ४२ वर्षीय पुरुषको सोही दिन नै पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले जानकारी दिनुभयो ।

मृतक दुबैको शव दाहसंस्कारका लागि अस्पतालको तर्फबाट प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा जानकारी गराइसकिएको समेत डा खनालले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषको नेपाली सेनाले ‘प्रोटोकल’ अनुसार गर्ने र अर्का युवकको भने प्रदेश सरकारको निर्णय अनुसार हुने उहाँले बताउनुभयो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा उमाशङ्कर चौधरीले मृतकको दाहसंस्कारका लागि प्रशासनले प्रक्रियाअनुसार नै गर्ने बताउनुभयो । उहाँले सङ्क्रमण पुष्टि भई नसकेका मृतकका पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि दाहसंस्कार प्रक्रिया अघि बढाइने बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मृतकको बारेमा विस्तत विवरण आएपछि निजको परिवारको चाहनाअनुसार दाहसंस्कारका कहाँ गर्ने भनी निर्णय हुने बताउनुभयो । सङ्क्रमितको हकमा भने दाहसंस्कार जहाँ गरेपनि सरकारको ‘प्रोटोकल’ अनुसार हुने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
चुनाव जित्ने ‘फरक’ सांसद : पृष्ठभूमि पुलिसदेखि गुण्डासम्म
चुनाव जित्ने ‘फरक’ सांसद : पृष्ठभूमि पुलिसदेखि गुण्डासम्म
शुक्रबार काठमाडौँमा कति कोरोना संक्रमित थपिए ?
केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।
केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।
खप्तड गोल्डकपको उपाधि नेपाल पुलिसलाई
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु
रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?

तपाईंले छुटाउनुभयो कि?