नेपाल र चीनले १४ विषयमा सँगै काम गर्ने
सारांश
- काठमाडौँ ८, असार – ६ दिने औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ ।
- प्रधानमन्त्री ओली र समकक्षी लिखछ्याङबीच बिहिबार भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि गरिएको पत्रकार सम्मेलनमा भ्रमण उपलब्धिमूलक भएको बताइएको थियो ।
- चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ग्रेट हल अफ द पिपुल्समा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको भ्रमण ‘स्पेसल सिग्नेफिकेन्स’ भएको बताए ।
काठमाडौँ ८, असार – ६ दिने औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ ।
प्रधानमन्त्री ओली र समकक्षी लिखछ्याङबीच बिहिबार भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि गरिएको पत्रकार सम्मेलनमा भ्रमण उपलब्धिमूलक भएको बताइएको थियो ।
चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ग्रेट हल अफ द पिपुल्समा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको भ्रमण ‘स्पेसल सिग्नेफिकेन्स’ भएको बताए । सहायकमन्त्री कोङले राजनीतिक स्थायित्वपछि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता सुनाए ।
प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो भ्रमणमा १४ विषयमा सहकार्य गर्ने सहमति भएको छ । नेपालले पनि एक चीन तथा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
हिमाली अन्तरदेशीय सम्पर्कलाई विस्तार गर्दै दुवै देशका नेता सहमत भएका छन् । स्वतन्त्र व्यापार सम्झौताका विषयमा सम्भाव्यता अध्ययन गर्ने र नेपालका सातै प्रदेशको आर्थिक विकासका लागि विचारविमर्श भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतिक्रिया