असी हजार बोट गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ८ असार।
  • लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट गरेको छ ।
  • प्रभागकी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको ९७ जनाको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे तथा बोझिनीमा पर्ने बारी एवं सार्वजनिक जग्गामा उम्रेको गाँजा नष्ट गरिएको हो ।

काठमाडौँ, ८ असार।लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट गरेको छ ।

प्रभागकी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको ९७ जनाको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे तथा बोझिनीमा पर्ने बारी एवं सार्वजनिक जग्गामा उम्रेको गाँजा नष्ट गरिएको हो ।

बरामद भएको ७०० लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ ९मर्चा० ३० किलोग्राम शंखरापुर नगरपालिकाका नौ वटै वडा अध्यक्षको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक खनालले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?