पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’

सारांश

  • शिखरन्युज, १२ असार – महिलाले मात्र पढ्दै आएको नर्सिङ शिक्षा अबदेखि पुरुषले पनि पढ्न पाउने भएका छन् ।
  • कूल नर्सिङ शिक्षामा भएको कोटाको १५ प्रतिशत पुरुषले आरक्षण पाउने भएका हुन् ।
  • अब नर्स भन्ने वित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता त्यागेर पुरुषलाई पनि सम्झनुपर्ने भएको छ ।

शिखरन्युज, १२ असार – महिलाले मात्र पढ्दै आएको नर्सिङ शिक्षा अबदेखि पुरुषले पनि पढ्न पाउने भएका छन् । कूल नर्सिङ शिक्षामा भएको कोटाको १५ प्रतिशत पुरुषले आरक्षण पाउने भएका हुन् । अब नर्स भन्ने वित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता त्यागेर पुरुषलाई पनि सम्झनुपर्ने भएको छ ।

लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने माग पूरा भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने गरी निर्णय गरेपछि महिला पुरुष दुवैलाई नर्सिङ पढ्ने बाटो खुलेको हो ।

नेपाल नर्सिङ परिषद्का अध्यक्ष गोमादेवी निरौलाका अनुसार धेरै माग भएपछि आवश्यकता महसुस गरी निर्णय भएको हो । शैक्षिक सत्र २०७५/७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको छ ।

विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई पुरुषलाई भर्ना गर्न सूचना जारी गरिसकेको अध्यक्ष निरौलाले जानकारी दिइन्।
नेपाल नर्सिङ संघले पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्र पठाएको थियो।

नेपालमा महिलालाई मात्र पढाइ हुँदै आएपनि विदेशमा पुरुषले नर्स पढ्न पाउने व्यवस्था छ । लैङ्गिक समानताका लागि नेपालमा पुरुष नर्स चाहिन्छ भनेर हामी सबैले आवाज उठाउँदै आएका थिए ।

परिषद्मा नेपाल र भारतमा अध्ययन गरेका १०५ जना पुरुष नर्स परिषद्मा दर्ता भएका छन्। अब निर्णय कार्यान्वयन भएमा वार्षिक १२५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १५५ पुरुष नर्स तयार हुने अनुमान गरिएको छ । वार्षिक १२५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७४० जना नयाँ महिला नर्स उत्पादन हुँदै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जडिबुटीमा आज बिहान मोटरसाइकल दुर्घटना, चालक घाइते
जडिबुटीमा आज बिहान मोटरसाइकल दुर्घटना, चालक घाइते
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोड्नुपर्छ : युवाहरु
संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोड्नुपर्छ : युवाहरु
बेहुली नबन्दै अस्ताइन रञ्जु, बिबाहको अघिल्लो दिन अर्नाले लियो ज्यान
बेहुली नबन्दै अस्ताइन रञ्जु, बिबाहको अघिल्लो दिन अर्नाले लियो ज्यान
प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु
प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु
बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ