मार्ने धम्की दिने म्यानपावर व्यवसायी पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मार्ने धम्की दिने म्यानपावर व्यवसायी पक्राउ

सारांश

  • अस्बिन खड्का,१२ असार।
  •   म्यानपावर व्यवसायी बिरेन्द्रकुमार गुरमेहतालाई प्रहरीले पक्राउ गरेको छ।
  • मोरङ सुन्दरहरैचा नपा ५ कि राधिका दाहाल लाई लेनदेनको बिषयमा अपशब्द प्रयोग गर्दै मार्ने धम्की दिएपछी इटहरी प्रहरीले उनलाई सोमबार राती पक्राउ गरेको हो ।

अस्बिन खड्का,१२ असार।  म्यानपावर व्यवसायी बिरेन्द्रकुमार गुरमेहतालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ सुन्दरहरैचा नपा ५ कि राधिका दाहाल लाई लेनदेनको बिषयमा अपशब्द प्रयोग गर्दै मार्ने धम्की दिएपछी इटहरी प्रहरीले उनलाई सोमबार राती पक्राउ गरेको हो ।

राधिका दाहाललाई गुरमेहताले लेनदेनको बिषयमा अपशब्द प्रयोग गर्दै मार्ने धम्की दिएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारी र डिएसपी नारायण प्रसाद चिमरियालाई घटनाको बिषयमा जानकारी सहितको निवेदन दिएपछि गुरमेहतालाई इटहरी प्रहरीले पक्राउ गरेको दाहालले बताइन ।

धम्की सहितको ४ मिनेटको अडियो समेत प्रहरी लाई दिएको दाहालले बताइन । बिरेन्द्रकुमार गुरमेहता इटहरी ६ स्थित जासिम सर्भिस म्यानपावरका संञ्चालक हुन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?