जिप दुर्घटनामा वडाध्यक्षसहित २ जनाको मृत्यु, ५ घाइते
सारांश
- बाजुरा- बाजुरामा हिजो बुधबार साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ ।
- त्रिवेणी नगरपालिका पीपलसैनमा भएको दुर्घटनामा वडाध्यक्ष खम्म नेपाली र एक महिलाको मृत्यु भएको हो ।
- बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो ।
बाजुरा- बाजुरामा हिजो बुधबार साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका पीपलसैनमा भएको दुर्घटनामा वडाध्यक्ष खम्म नेपाली र एक महिलाको मृत्यु भएको हो ।
बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा परी त्रिवेणी नगरपालिका–३ का वीरबहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र जिप चालक चन्द्रमणि गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको छ ।
मृतक वडाध्यक्ष नेपाली नेपाली काँग्रेसको तर्फबाट विजयी भएका हुन् । जिपमा सात जना सवार रहेको प्रहरीले जनाएको छ । चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया