विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
सारांश
- रुस ।
- रसियामा चलिरहेको विश्वकपमा सबैभन्दा अनुशासित खेलेकाले जापान अघिल्लो चरणमा प्रवेश गरेको छ ।
- फेयर प्ले (अनुसासित टोली) खेलेको आधारमा जापान समूह एचबाट उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
रुस । रसियामा चलिरहेको विश्वकपमा सबैभन्दा अनुशासित खेलेकाले जापान अघिल्लो चरणमा प्रवेश गरेको छ । फेयर प्ले (अनुसासित टोली) खेलेको आधारमा जापान समूह एचबाट उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
समूह चरणको अन्तिम खेलमा जापान पोल्याण्डसँग र सेनेगेल कोलम्बियासँग १-० अन्तरले पराजित भएको थियो । जापान र सेनेगलको बराबर ४ अंक र बराबर गोलअन्तर (०) थियो।
फिफाको नियमका आधारमा अनुशासित खेल प्रदर्शन गरेको जापान समूह उपविजेता बन्दै अगाडि प्रवेश गरेको हो । खेल अवधिभर जापानले जम्मा ४ वटा पहेलो कार्ड पाएको थियो । सेनेगलले ६ वटा पहेलो कार्ड पाएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया