असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
सारांश
- काठमाडौं, १५ असार ।
- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ मा धान रोप्दै आगामी दिनमा पार्टीलाई नम्बर वन बनाउने सपना सार्वजनिक गरेका छन् ।
- पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै सभापति देउवाले थपे, “सबै मिलेर अगाडि बढे पार्टी एक नम्बर हुन्छ ।
काठमाडौं, १५ असार । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ मा धान रोप्दै आगामी दिनमा पार्टीलाई नम्बर वन बनाउने सपना सार्वजनिक गरेका छन् । पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै सभापति देउवाले थपे, “सबै मिलेर अगाडि बढे पार्टी एक नम्बर हुन्छ ।”
नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले असार १५ को धान दिवसमा आज भक्तपुरको बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याएका हुन् ।
सभापति देउवाले भने, “आगामी दिनमा सबै एक भएर अगाडि बढे कांग्रेस पुनः देशकै एक नम्बर पार्र्टी हुन्छ ।” रोपाइँ कार्यक्रममा नेपालको सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको बताउँदै सभापति देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको उल्लेख गरे ।
Dirgha Kathayat
नेताले नक्कली रूपमा धान रोपेर किसानको अबहेलना गर्न पाइदैन ।
Pradip Tamang
Natak
Durga Kunwar
Ab gaun ma parmo lagaune kaam pakka
Ramkrishna Kc
प्रचन्ड ले तीन ठाउँमा चलाए राजनीतिक मा अब कहिल्यै शिर उठाउन नसक्ने अबस्थामा पुगे,शेर बहादुर ले पनि तिनै ठाउँमा चलाए यिनलेपनि सपना मात्रै देख्ने हुन् राजनिती मा शिर ठाडो पार्ने दिन गए मित्रहरू
Kc Ganesh
ज्योतिसी कै भरोसा ले त होला नि जनता ले त चिन्न बाकी भयपो ।
Chandra Pali
Very Nice
Chandraman Joshi
नेता जी किसानकाे रुपमा राेपाइ गरे राम्ाे हुन
थिए हाेला बनावटि रुपमा साेभा देखिए न।
Rajendra Ghimire
करोडौं कांग्रेसी का गुरु,खेलबाड र विश्वास..
Netra Gurung
भ्रष्ट नेताहरूले धमाधम धान रोपे अर्को साल नेपालमा खाध्यान्न सँकट टर्ने भयो ।