असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप

सारांश

  • काठमाडौं, १५ असार ।
  • पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईको हली रुप देख्न मिलेको छ ।

काठमाडौं, १५ असार । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईको हली रुप देख्न मिलेको छ । असार १५ को धान दिवसको अवसरमा उनी आफ्नै गृहजिल्ला गोरखा पुगेर हली रुपमा प्रकट भएका हुन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई शुक्रवार गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका पुगेका हुन् । आफू हुर्केको दरौंदी किनारस्थित जरेबर फाँट पुगेर डा. भट्टराईले अनौ समातेर खेत हिल्याएका थिए । डा. भट्टराईले हलो जोत्नेमात्र होइन बाउसे गर्नुका साथै महिलाहरूसँगै ब्याड पनि काढेका थिए । उनले गरा सम्याउने लगायतका काम गर्दै गाउँलेहरुसँग रमाएका थिए ।

नयाँ शक्ति पार्टीको गोरखा जिल्ला समिति र सिरानचोक गाउँपालिकाले संयुक्त आयोजनामा जरेबर फाँटमा धान दिवसको आयोजना गरिएको थियो । सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराई करीव ३ घण्टासम्म रोपाईंमा सहभागी भएका थिए ।

नयाँ शक्ति पार्टीका नेता÷कार्यकर्ता र स्थानीयसमेत गरी करिब ३ सय जनाको धान दिवसमा सहभागिता रहेको थियो । स्थानीय मिश्रा कुमालको खेतमा शुक्रबार ६ हल गोरु नारिएको थियो ।

(https://ayvnews.com/)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Neupane Kishor

    Yo po ho ta

    Comment Author

    Purushotam Sharma Rimal

    हलीलाइ प्रधानमन्त्री सुट नगरेको त तेसैले पो रहेछ त ।

    Comment Author

    Ghatal Bhim Nabin

    Nice job sir

    Comment Author

    Mohan Thapa

    Halo jotne khetala haina ho. Arkai k vanxan

    Comment Author

    Rajendra Shrestha

    Yo ta puranai parichaya hoina ra? Yehi chhodera …ke …pasal po kholeko Bigyapan suneko thiye.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?