मुग्लिन-नारायणगढ र पाल्पामा पहिरो जाँदा बाटो रोकियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
मुग्लिन-नारायणगढ र पाल्पामा पहिरो जाँदा बाटो रोकियो

सारांश

  • काठमाडौं, १८ असार – नारायणगढ–मुग्लिन सडकखण्ड अन्र्तगत कालीखोला, तोपे खोला र जलविरेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ ।
  • प्रहरीका अनुसार सवारी साधनलाई एक लेनमा आलोपालो गरी चलाइएको छ ।
  • सडकखण्डमा विभिन्न स्थानमा आज बिहान पहिरो झरेकाले सवारी साधनलाई आलोपालो चलाइएको हो ।

काठमाडौं, १८ असार – नारायणगढ–मुग्लिन सडकखण्ड अन्र्तगत कालीखोला, तोपे खोला र जलविरेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । प्रहरीका अनुसार सवारी साधनलाई एक लेनमा आलोपालो गरी चलाइएको छ ।

सडकखण्डमा विभिन्न स्थानमा आज बिहान पहिरो झरेकाले सवारी साधनलाई आलोपालो चलाइएको हो । पानी परिरहेका कारण पहिरो झर्ने क्रम जारी रहेकोले तत्कालै पहिरो पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको हो ।

त्यसैगरी सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्समा पनि गएराती पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । आइतबार राति ११ बजे खसेको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको हो ।

पहिरोका कारण पाल्पा,गुल्मी, स्याङजा,कास्की संचालन हुने सवारी साधनको आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पानी परिरहेका कारण अवरुद्ध सडक खुलाउने समय लाग्ने भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?