वर्षाले नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनको आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
वर्षाले नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनको आग्रह

सारांश

  • खजुरा, बाँके, १८ असार ।
  • आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ ।
  • निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायतका स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

खजुरा, बाँके, १८ असार । आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायतका स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् । पैदलयात्रीलाई अप्ठेरो भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाअन्तर्गत नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन तथा अग्लो सुरक्षित स्थानको समेत खोजी गर्न आग्रह गरिएको बताए ।

भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि
एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो
आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन
पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् अध्यक्ष दाहाल
पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् अध्यक्ष दाहाल

तपाईंले छुटाउनुभयो कि?