नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले
सारांश
- अस्बिन खड्का, २२ असार।
- त्रियुगा नगरक्षेत्रमा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको हवाई मैदानको सरकारी जग्गा अतिक्रमण गरी बनाईएको घर, टहरा भत्काउन जारी गरीएकाे सुचना अझैपनि टेरेका छैनन् ।
- त्रियुगा नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा खाली नगरे भत्काइने भनी प्रशासन, नगरपालिका तथा सम्बन्धित निकायले मिती २०७५/१/११ देखि लागु हुने गरी सूचना जारी गरेपनी जग्गा खाली भएकाे थिएन ।
अस्बिन खड्का, २२ असार। त्रियुगा नगरक्षेत्रमा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको हवाई मैदानको सरकारी जग्गा अतिक्रमण गरी बनाईएको घर, टहरा भत्काउन जारी गरीएकाे सुचना अझैपनि टेरेका छैनन् ।
त्रियुगा नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा खाली नगरे भत्काइने भनी प्रशासन, नगरपालिका तथा सम्बन्धित निकायले मिती २०७५/१/११ देखि लागु हुने गरी सूचना जारी गरेपनी जग्गा खाली भएकाे थिएन ।
जग्गा खाली नभएपछि सरूवा भएर अाएका नयाँ प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्कीले जथाभावी खरिद बिक्री समेत भैरहेको भन्दै ३५ दिनभित्र खाली नगरेमा कानुन बमोजिम कार्वाही गर्ने बताएका थिए । सो नगरपालिका र जिल्ला प्रशासन कार्यालयको सूचना लाई अटेर गरेर बसेकाहरुले जग्गा खाली नगरे पछि २०७५ -२-२७ गते का दिन चलानी नम्बर ५६६८ भएको जिल्ला प्रशासन् कार्यालय बाट त्रियुगा नगरपालिका लाई सरकारी जग्गा खाली गर्ने बिषयमा र सो सबन्धमा साबिक गाइघाट ५ ख कि नं १०३ को त्रियुगा हवाई मैदानको नाममा रहेको १४ बिघा १६ कठ्ठा १६ धुर जग्गा खाली गर्न का लागि सुरक्षा निकाय सँग समबन्य गरी ७ दिन भित्र खाली गराई जानकारी दिनुहुन भनी पठाएको थियाे ।
पत्र पठाएकाे २४/२५ दिन बितीसक्दा पनि सो जग्गा को बिषयमा कुनै पनि कदम नगरपालिका बाट चालिएको छैन ।
प्रशासन को ७ दिने सूचना निकाल्दा पनि सार्बजनिक जग्गा बाट नहट्दा गाइघाटबासी हरु समेत अचम्मित परेका छन् ।
यसरि नगरपालिका र प्रशासन को आदेश समेत नमान्नु लाई कस्को कमजोरी ठान्नु भनी स्थानिय देबीमाया कटुवाल ले बताईन ।
प्रतिक्रिया