एउटा विरुवा रोप्नुस् २० रुपैयाँ लिनुस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
एउटा विरुवा रोप्नुस् २० रुपैयाँ लिनुस्

सारांश

  • सल्यान ।
  • सल्यानमा एउटा विरुवा रोप्नेलाई १० रुपैयाँ दिने अभियान चलाइएको छ ।
  • शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने अभियान शुरु गरेको हो ।

सल्यान । सल्यानमा एउटा विरुवा रोप्नेलाई १० रुपैयाँ दिने अभियान चलाइएको छ । शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने अभियान शुरु गरेको हो ।

नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा २० रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरे ।

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने बताए ।

नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?