गोविन्द केसी र मेडिकल कलेज बारे बोल्यो चिकित्सक संघ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
गोविन्द केसी र मेडिकल कलेज बारे बोल्यो  चिकित्सक संघ

सारांश

  • काठमाण्डौ, २८ असार ।
  • मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौदेखि आन्दोलनरत डा.
  • गोबिन्द केसीको अनशनप्रति सर्मथन जनाएको छ ।

काठमाण्डौ, २८ असार । मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौदेखि आन्दोलनरत डा. गोबिन्द केसीको अनशनप्रति सर्मथन जनाएको छ ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले डा. केसीको जीवन रक्षाको निम्ति अपिल गरेको हो । संघका प्रवक्ता डा. विनय पञ्जियारले माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न चिन्ह खडा भैसकेको बताउँदै उक्त प्रतिवेदनलाई पूनरावलोकन गरिनुपर्ने माग गरे।

उनले भने,‘सरकारले अब उपत्यकाभन्दा बाहिर मेडिकल कलेज खोल्ने बाटो खोलिदिनुपर्छ, यसमा अनशनरत डाक्टर केसीले पनि विरोध गर्नुहुँदैन, कि त सरकारले आफ्नै लगानीमा सुपर स्पेसियालिटीसहितका अस्पताल खोलिदिनुपर्छ, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरुको मापदण्ड पूरा गरेका मेडिकल कलेजहरुलाई ढिलो नगरी सम्बन्धन दिनुपर्छ ।’

डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गैरहेको बताउँदै उनले केसीको जीवन रक्षाको लागि सरकारले गम्भिर र छिटो कदम चाल्नुपर्ने माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?