खेलाडीहरुको सम्मानमा यस्ताे सम्म् गर्याे क्रोएसियाको मन्त्रिपरिषदले

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
१५ पटक हेरिएको
Shares
खेलाडीहरुको सम्मानमा यस्ताे सम्म् गर्याे क्रोएसियाको मन्त्रिपरिषदले

सारांश

  • काठमाण्डौ ।
  • विश्वकप फुटबल सुरु हुँदै गर्दा फुटबल पण्डितहरुले सायदै क्रोएसियालाई उपाधि दाबेदार देखेका थिए होला ।
  • तुलनात्मक रुपमा क्रोएसिया उपाधिको दाबेदार थिएन पनि ।

काठमाण्डौ । विश्वकप फुटबल सुरु हुँदै गर्दा फुटबल पण्डितहरुले सायदै क्रोएसियालाई उपाधि दाबेदार देखेका थिए होला ।

तुलनात्मक रुपमा क्रोएसिया उपाधिको दाबेदार थिएन पनि । तर फाइनलसम्म आइपुग्दा क्रोएसियाले सबैलाई चकित पारेको छ । एकपछि अर्को सफलता हात पार्दै फाइनलमा पुगेको क्रोएसियाका समर्थक अहिले ह्वात्तै बढेका छन् ।

विश्वभरका फुटबल समर्थकको कुरा गर्ने हो भने फाइनलमा फ्रान्सकोभन्दा बढि समर्थक क्रोएसियको देखिएका छन् ।

क्रोएसियाली जनता त झन आफ्नो देशले विश्वकप फुटबलमा हात पारेका सफलताले दङ्ग नहुने कुरै भएन । त्यहाँका जनता मात्रै होइन, राज्य संचालकहरुसमेत अहिले फाइनलमा क्रोएसिलाले जितोस् भनेर कामना गरिरहेका छन् ।

क्रोएसिया विश्वकप फुटबलमा पहिलोपटक फाइनलमा पुगेपछि समर्थकहरुले विभिन्न शैलीमा खुसी मनाए ।

इतिहास जितेको उत्सव मनाइरहेका बेला क्रोएसियाको मन्त्रिपरिषदमै पनि खुसी मनाउने भिन्न शैली देखियो । इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै टिम विश्वकप फुटबलको फाइनलमा पुगेपछि क्रोएसियामा मन्त्रीहरुले जर्सी लगाएरै मन्त्रिपरिषद बैठकमा सामेल भएका हुन् ।

उनीहरुले राष्ट्रिय जितको उत्सव मनाउनुका साथै खेलाडीहरुको सम्मानमा त्यसो गरेका हुन् ।

क्रोएसियन राष्ट्रपति कोलिन्डा जर्सी लगाएर मैदानमै पुगेर हौसला बढाइरहेको खबरले धेरैलाई अचम्ममा पारिरहेका बेला मन्त्रिपरिषदमै सबै मन्त्री जर्सी लगाएर बैठक बसेको दृश्य निकै भिन्न छ ।

बैठकमा राष्ट्रिय टिमको जितमा कुराकानी गर्दै खुसी साटासाट पनि गरेका थिए । विश्वकप उपाधि जितेमा खेलाडीहरुलाई कसरी सम्मान र हौसला दिने भन्नेबारे कुराकानी भएको बताइएको छ ।

सन् १९९८ मा पहिलोपटक विश्वकपमा सामेल हुँदा नै सेमिफाइनलसम्म पुगेको क्रोएसियाले यसपटक सबैलाई चकित पार्दै उत्कृष्ट खेल देखाइरहेको छ ।

त्यसबीच २००२, २००६ र २०१४ मा पनि विश्वकप खेलेको क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?