चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
३८ पटक हेरिएको
Shares
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली

सारांश

  • काठमाडौं, २ साउन ।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ गएको बताएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको दुई छिमेकी देशको भ्रमणका सिलसिलामा भएका सम्झौताहरु कार्यान्वयनमा गइरहेको र सरकारले छोटो अवधिमै महत्वपूर्ण कुटनीतिक सफलता प्राप्त गरेको पनि बताएका छन् ।

काठमाडौं, २ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई छिमेकी देशको भ्रमणका सिलसिलामा भएका सम्झौताहरु कार्यान्वयनमा गइरहेको र सरकारले छोटो अवधिमै महत्वपूर्ण कुटनीतिक सफलता प्राप्त गरेको पनि बताएका छन् ।

मन्त्री ज्ञवालीले भनेका छन्, “नेपाल र भारतबीच प्रतिबद्धता र कार्यान्वयनमा जुन खाडल थियो, त्यो अब हटेको छ ।” परराष्ट्रमन्त्री ज्ञवालीले थपे “इपिजीको प्रतिवेदनले २१औं शताब्दी सुहाउँदो सम्बन्धका लागि नीतिगत निर्देशन गर्नेछ भन्नेमा विश्वस्त छौं ।” उनले दुई देशका सचिवस्तरीय बैठक र परराष्ट्रमन्त्रीस्तरीय वार्ताको तयारी समेत थालिएको मन्त्री ज्ञवाली बताउँछन् ।

मन्त्री ज्ञवालीले कृषि क्षेत्रको सम्झौता कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको बताए । अर्गानिक फार्म, माटोको परीक्षण, रासायनिक मलको सहज आयात तथा कृषि क्षेत्रको अनुसन्धान गरी ४ वटा क्षेत्रमा “एमओयू” गर्ने तयारी भइरहेको उनले जानकारी दिए । रक्सौल–काठमाडौं रेल्वेको “एमओयू”को तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । जलमार्ग सम्बन्धमा दुई देशबीचको वार्ता सोमबार सकिएको र नारायणी नदीमा ३ सय मेट्रिक टन क्षमताको पानीजहाज चल्ने उनले जानकारी दिए ।

भारतले नेपाललाई दिने थप ५ हवाई रुटको सम्झौता पनि कार्यान्वयनको चरणमै भएको उनको भनाई छ । आगामी अगस्टमा दुई देशबीच नयाँ वाणिज्य सन्धि हुन लागेको पनि उनले बताए । नेपाल र भारतबीच विश्वास र सहयोगको नयाँ अध्याय सुरु भइसकेको उनको दावी छ ।

चीनसँग पनि यही महिना प्रोटोकलमा हस्ताक्षर हुने मन्त्री ज्ञवालीले बताए । चीनसँग जुलाई महिनाभित्रै यातायात पारवहन प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । १० र ११ जुलाईमा चीनमा भएको द्विपक्षीय वार्तापछि थप केही प्राविधिक विषय टुंगिन बाँकी रहेकाले जुलाईमै काठमाडौंमा अर्को वार्ता हुने भएको छ । सोही वार्तामा प्रोटोकलमा हस्ताक्षर हुने मन्त्री ज्ञवालीको भनाइ छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा यो विषयमा समझदारी भएको थियो ।

यसैगरी सरकारले बिमस्टेक (बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीको प्रयास) सम्मेलनको तयारी तीव्र बनाइएको पनि ज्ञवालीले जानकारी दिए । आगामी भदौ १४ र १५ मा हुने चौथो सम्मेलनका लागि विभिन्न तयारी समिति गठन गरिएका छन् । परराष्ट्र मन्त्री ज्ञवालीले नेपालमा संविधान जारी भइसकेपछि यो निकै महत्वपूर्ण बहुपक्षीय भेटघाट हुने र नेपालका लागि यो महत्वपूर्ण रहेको बताएका छन् ।

“बिमस्टेक आसियान र सार्कबीचको पुल बन्छ जस्तो छ । अन्तरदेशीय सञ्जाल विस्तारको दृष्टिकोणले यो हाम्रो लागि निकै महत्वपूर्ण छ” मन्त्री ज्ञवालीको भनाई छ । नेपाल हाल बिमस्टेकको अध्यक्ष राष्ट्र हो । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य छन् । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इपीएस भाषा परीक्षा जेठ अन्तिम साता हुने
इपीएस भाषा परीक्षा जेठ अन्तिम साता हुने
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे
मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता
सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी
सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी
किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
नयाँ प्रधानमन्त्रीको नियुक्ति ‘राष्ट्रपतिको तजबिजमा निर्भर ?’
नयाँ प्रधानमन्त्रीको नियुक्ति ‘राष्ट्रपतिको तजबिजमा निर्भर ?’
प्रदेश नं. २ मा सरकार विस्तार, तीनजना थपिए राज्यमन्त्री
प्रदेश नं. २ मा सरकार विस्तार, तीनजना थपिए राज्यमन्त्री

तपाईंले छुटाउनुभयो कि?