३५ लाख तिरेर अमेरीका जान खाेज्दा !
सारांश
- काठमाडाै, २ साउन ।
- अमेरिका लैजान दलालले नाइजेरियामा बन्धक बनाएका बाग्लुङका बीबीन्द्र श्रेष्ठ र जगन थापा गैरआवासीय नेपाली संघको सहयोगमा उद्धार गरिएको छ।
- उनीहरूलार्इ अमेरिका पठाइदिन्छु भनेर जेशन श्रीससहितका व्यक्तिले नेपालमै जनही ३५ लाख रुपैयाँ असुलेको पीडितले बताए।
काठमाडाै, २ साउन । अमेरिका लैजान दलालले नाइजेरियामा बन्धक बनाएका बाग्लुङका बीबीन्द्र श्रेष्ठ र जगन थापा गैरआवासीय नेपाली संघको सहयोगमा उद्धार गरिएको छ। उनीहरूलार्इ अमेरिका पठाइदिन्छु भनेर जेशन श्रीससहितका व्यक्तिले नेपालमै जनही ३५ लाख रुपैयाँ असुलेको पीडितले बताए।
‘यो खाना खर्चबाहेकको रकम हत्र। खाना र अरु खर्च गरी ५० लाख रूपैयाँ खर्च भइसकेको छ, उनीहरूले भने। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाको प्रयास र सहयोगमा उनीहरु काठमाडौ फर्किएका हुन्। एनआरएनको सहयोगमा इजिप्टस्थित नेपाली दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाकाअनुसार बैंकक हुँदै दलालमार्फत ३६ नेपाली नाइजेरिया पुगेकोमा १२ ब्राजिलका लागि उडाइएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै अलपत्र छन्। नाइजेरियामा भएकाहरू सम्पर्कमा नरहेको कोषाध्यक्ष थापाले जनाए।
गत महिना समेत थापाको संयोजनमा टोगोबाट यही समूहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो। थापाले उनीहरुको फिर्ताका लागि सहयोग गर्ने इजिप्ट स्थित नेपाली दुतावस, एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई धन्यबाद ब्यक्त गरेका छन्।
प्रतिक्रिया