छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
३९ पटक हेरिएको
Shares
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की

सारांश

  • ईटहरी,  २ साउन ।
  • छोरी जन्मिएको भन्दै सुनसरी दुहबीकी एक महिला दुई बर्षदेखि घरेलु हिँसाबाट पिडित भएकी छिन् ।
  •   दुहवी नगरपालिका ६ कि राधा साह छोरी जन्मिएको कारण श्रीमान र घरपरिवारबाट अपहेलित हुँदै अहिले माईतमा बस्न बाध्य भएकी हुन् ।

ईटहरी,  २ साउन । छोरी जन्मिएको भन्दै सुनसरी दुहबीकी एक महिला दुई बर्षदेखि घरेलु हिँसाबाट पिडित भएकी छिन् ।  दुहवी नगरपालिका ६ कि राधा साह छोरी जन्मिएको कारण श्रीमान र घरपरिवारबाट अपहेलित हुँदै अहिले माईतमा बस्न बाध्य भएकी हुन् ।

साहले २० वर्षको उमेरमा २०७२ मा रामधुनी ३ प्रिपाहका २४ वर्षीय गोपाल साह संग विवाह गरेकी थिइन । विवाह पछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पिडित साहले इटहरी स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि गुनासो गरिन् ।

मेरा श्रीमानले उर्लाबारीकी सावित्रा मगरलाई भगाएर घरमा ल्याए’ गहभरी आाशु पार्दै उनले भनिन्, ‘मलाई घरबाट निकालेर भगाएर विहे गरे, अहिले फोन गर्दा गाली गर्ने मार्ने धम्की दिन्छन् । साहको श्रीमानकै घरमा बस्न पाउनु पर्ने माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?