कांग्रेसको ग-यो आर्थिक नीति पारित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२० पटक हेरिएको
Shares
कांग्रेसको ग-यो आर्थिक नीति पारित

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति वैठकले आगामी महासमिति वैठकमा प्रस्तुत गरिने आर्थिक प्रस्ताव पारित गरेको छ ।
  • सहमहामन्त्री डा.

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति वैठकले आगामी महासमिति वैठकमा प्रस्तुत गरिने आर्थिक प्रस्ताव पारित गरेको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महत संंयोजक रहेको समितिले बैठकमा प्रस्तुत गरेको समग्र आर्थिक नीतिलाई पारित गरेको हो. केन्द्रीय सदस्यहरुबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी प्रस्ताव पारित भएको हो ।

समितिले बीपी कोइरालाले अख्तियार गरेको आर्थिक वृद्धिहितको समानता हासिल गर्न उपादकत्व, समतामूलक लोककल्याणकारी राज्य, रोजगारीमुखी युवा केन्द्रित उद्यमशीलतामा जोड दिने प्रस्ताव गरेको जनाएको छ ।

सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासन काँग्रेसको आगामी आर्थिक नीति हुने प्रस्तावमा उल्लेख छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र हरिप्रसाद नेपालले आर्थिक प्रतिवेदनमाथि सुझाव राखेका थिए । यसैबीच मंगलबार बस्ने बैठकमा राजनीतिक प्रस्ताव पेश हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?