काठमाडौं ल्याइएपछि डाक्टर गोविन्द केसीले यसो भने…
सारांश
- काठमाडौं ।
- अनसनरत डाक्टर गोविन्द केसीले आफूलाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याएको बताएका छन् ।
- सरकारले उपचारका लागि भन्दै जुम्लाबाट काठमाडौं टिचिङ अस्पताल लगी भर्ना गरेपछि बिहिबार साँझ एक विज्ञप्ति मार्फत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको आरोप लगाएका छन् ।
काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीले आफूलाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याएको बताएका छन् । सरकारले उपचारका लागि भन्दै जुम्लाबाट काठमाडौं टिचिङ अस्पताल लगी भर्ना गरेपछि बिहिबार साँझ एक विज्ञप्ति मार्फत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको आरोप लगाएका छन् ।
‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले अमानवीय रूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु ।’
सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभार समेत व्यक्त गरेका छन् । ‘सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ डाक्टर केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु । माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु ।’
आम नागरिकलाई सधैंजस्तो ऐक्यबद्धताको लागि हार्दिक आह्वान समेत गरेका छन् ।
San Toshh Kunwarr
Ki sabai medical.college government ko under ma leraau, hoina bhane kosaile kholna paaunu ra kosaile kholna na paaunu uchit hoina.
Ganesh Shakya
अपहरण शैली हैन अपहरणनै हाे ।