कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी

सारांश

  • काठमाडौं, २० मंसिर  ।
  •  कक्षा कोठाको व्यवस्था गर्न माग गर्दै आमसञ्चार तथा पत्रकारिताअन्तरगत स्नातकोत्तर तहको दोस्रो सेमेष्टरका विद्यार्थीहरुले त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागमा तालाबन्दी गरेका छन् ।
  • पहिलो सेमेष्टर देखि नै कक्षा कोठाको व्यवस्था नभएको भन्दै उनीहरुले उपयुक्त कक्षाकोठाको माग गर्दै बिहीबार बिहान प्रदर्शनी मार्गस्थित विभाग कार्यालयमा ताला लागाएका हुन् ।

काठमाडौं, २० मंसिर  । कक्षा कोठाको व्यवस्था गर्न माग गर्दै आमसञ्चार तथा पत्रकारिताअन्तरगत स्नातकोत्तर तहको दोस्रो सेमेष्टरका विद्यार्थीहरुले त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागमा तालाबन्दी गरेका छन् ।

पहिलो सेमेष्टर देखि नै कक्षा कोठाको व्यवस्था नभएको भन्दै उनीहरुले उपयुक्त कक्षाकोठाको माग गर्दै बिहीबार बिहान प्रदर्शनी मार्गस्थित विभाग कार्यालयमा ताला लागाएका हुन् । पढाई हुँदै आएको कक्षाकोठामा आरआर कलेज व्यवस्थापनले बन्द गरे पछि विद्यार्थीहरु आन्दोलित भएका हुन । उनीहरुले एक बिज्ञप्ति जारी गर्दै उपयुक्त कक्षाकोठा ब्यबस्था नभएसम्म कक्षा बहिस्कार गर्ने जनाएको छन् ।

‘हामीलाई उपयुक्त कक्षाकोठाको ब्यबस्था नगरिएसम्म पढाई बहिस्कार गर्दै विभागमा ताला लगाउन बाध्य भएका हौ। ‘ बिज्ञप्तिमा भनिएको छ ।  उनीहरुले मागको उचित सम्बोधन नभएसम्म ताला नखोल्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?