किन जाँदैछन डा बाबुराम भट्टराई युरोप भ्रमणमा ?
सारांश
- काठमाडौं, ६ साउन ।
- नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि रुस भ्रमणमा जाने भएका छन् ।
- भ्रमणका क्रममा उनी रुस हुँदै युरोपका विभिन्न देशहरु (स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली) पनि जाने बताइएको छ ।
काठमाडौं, ६ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि रुस भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनी रुस हुँदै युरोपका विभिन्न देशहरु (स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली) पनि जाने बताइएको छ । साथै डा भट्टाईले प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट, अन्तरक्रिया तथ छलफल गर्नेछन् ।
आफ्नो ज्ञानको दायरा फराकिलो पार्न तथा आफ्नो अनुभव आदानप्रदान गर्न भ्रमण केन्द्रित हुने डा भट्टराईले बताए ।
भ्रमणकै क्रममा उनी गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुनेछन् । त्यस्तै उनले जर्मनीमा रहेका नेपालीहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । ड भट्टराईसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि सहभागी हुनेछिन् । उनि साउन २३ गते काठमाडौं फर्कने छन् ।
प्रतिक्रिया