२२ अर्ब राजश्व सङ्कलन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
२२ अर्ब राजश्व सङ्कलन

सारांश

  • चितवन, ७ साउन ।
  • आन्तरिक राजश्व कार्यालय भरतपुरले गएकाे आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।
  • साे रकम अघिल्लाे अार्थिक वर्षकाे भन्दा १२८ दशमलब १५ प्रतिशतले बढि हाे ।

चितवन, ७ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गएकाे आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।

साे रकम अघिल्लाे अार्थिक वर्षकाे भन्दा १२८ दशमलब १५ प्रतिशतले बढि हाे ।

कार्यालयले आव २०७३÷७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।  आव २०७४÷७५ मा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार राजश्व संकलन भएको थियो ।

कार्यालयले अन्तःशुल्कतर्फ रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी हो । स्वास्थ्य सेवा शुल्कमा रु छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९.१८ प्रतिशत प्रगति भएको छ ।

आय करतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरबहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, ब्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरेका कारण गत आव र अघिल्लो आवमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरिएको बताए । कार्यालयले चितवन र दाउन्ने पूर्वको नवलपरासी क्षेत्र हेर्दै आएको छ ।

 

(https://caborealestateservices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?