हामी हनिमुन मनाउन होइन, काम गर्न आएका हौं : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
हामी हनिमुन मनाउन होइन, काम गर्न आएका हौं : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन् ।
  • प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्रीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्रीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताए ।

“हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भने, “सरकार गठन भएकादिन देखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुनप¥यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले काँग्रेसलाई अपदस्थ ग¥यौं ।”

प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताए । त्यस्ता कुरालाई विधिसम्मत ढंगले सम्बोधन हुने बताए ।

सरकारका बारेमा सञ्चार माध्यमहरुलाई गलत सुचना प्राप्तभएको हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “सरकारले राम्रा काम गरेको छ । रेल ल्याउने कुरा गरेको छ । मेलम्चीको पानी चाँडै काठमाडौं आउँदैछ” प्रधानमन्त्रीले भने, “अघिल्लो सरकारले धेरै वेथिति छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ । यो स्थायी सरकार हो । पाँच महिनामा नै आतिनुपर्ने केही छैन ।” सुशासन र विकास हुन नदिने प्रयासलाई सफल हुन नदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भीर भएको बताए ।

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताए । “उनीहरुलाई खटपट भएको छ, जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए । उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा सडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भने । “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यसकारण यस्ता षडयन्त्रबाट डराउनुपर्ने केही छैन ।”

प्रधानमन्त्री ओलीले काँँग्रेसलाई प्रश्न गरेका छन्, “काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ । ” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने प्रधानमन्त्रीको दाबी छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Damodar Dahal

    काम गरौं न त !

    Comment Author

    Prithvi Raj Subedi

    an empty vessel sounds much

    Comment Author

    Bhakta Bdr Sodari

    Hanimun Jastai lago

    Comment Author

    Chuda Mani Acharya

    जवानीदेखि बृद्धावस्थासम्म सधैं हनिमुन मात्र मनाइरहन पाए अरू नै के पो चाहिन्थ्यो र ?

    Comment Author

    Thapa Harka

    Tyo ta dekhi rakhexa ni dharara ma chadera tuien ma chadera .

    Comment Author

    Prasad Lila

    हामिलाइ गफ होइन ओलिबा काम चाइएको हो कति सम्झाउनु

    Comment Author

    Ashok Gahatraj

    सरिर ले काम गर्छ र हनिमुन मनाउन

    Comment Author

    Alok Basnet

    Auta ramro kamta dungal chutno ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोलेन्द्रसमशेरले आज प्रधानन्यायाधीशको सपथ लिँदै
चोलेन्द्रसमशेरले आज प्रधानन्यायाधीशको सपथ लिँदै
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
विद्यालयमा हडताल गरे पचास हजार जरिवाना
विद्यालयमा हडताल गरे पचास हजार जरिवाना
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी
‘उही  खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
‘उही खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट
मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट

तपाईंले छुटाउनुभयो कि?